Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

Ekantipur •
November 20, 2026 • 09:32 AM
2
2 reads 0 reactions

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणमा झुलाघाट पुलको मुद्दा उठाउन आग्रह

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले वर्षौंदेखि अलपत्र झुलाघाटमा पुल बनाउने योजनालाई भ्रमणको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

बैतडी — प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा बैतडीको झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरिएको छ ।

झुलाघाटमा मोटरेबल पुल निर्माणको माग गर्दै लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका अभियानका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका क्रममा उक्त विषय ठोस रूपमा उठाउन आग्रह गरेका हुन् ।

पुल निर्माणका विषयमा यसअघि नेपाल र भारतबीच विभिन्न समयमा सहमति तथा घोषणा भए पनि कार्यान्वयन हुन नसकेको भन्दै चन्दले यसपटकको भ्रमणमा यसलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । दार्चुलामा महाकाली नदीमाथि मोटरेबल तथा बिभिन्न स्थानमा झोलुंगे पुल निर्माण भइसक्दा पनि बैतडीको झुलाघाटमा मोटरेबल पुल बन्न नसक्नुको कारणबारे भारतीय पक्षसँग जवाफ माग्नुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल र बाबुराम भट्टराईले यहाँ पुगेका बेला झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । तर, उनीहरू सबैले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट र डडेल्धुराको शीर्ष क्षेत्रमा मोटरेबल पुल निर्माण गर्ने घोषणा समेत गरेका थिए । त्यसपछि २०८० वैशाख ६ र ७ गते भारतीय प्राविधिक टोलीले झुलाघाट क्षेत्रमा सम्भावित निर्माणस्थलको निरीक्षण गरेको अध्यक्ष चन्दले बताए ।

नेपालतर्फ बैतडीको मौराभीर र सालघारी तथा भारततर्फ पिथौरागढको झुलाघाटस्थित सशस्त्र सीमा बल (एसएसबी) क्याम्प आसपासको क्षेत्रलाई सम्भावित निर्माणस्थलका रूपमा हेरिएको थियो । प्रारम्भिक अध्ययनपछि करिब पाँच सय मिटर लामो पुल निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर भारतीय सरकारलाई बुझाइए पनि त्यसयता पुल निर्माणसम्बन्धी थप प्रक्रिया अघि बढ्न नसकेको अध्यक्ष चन्दले बताए। हाल झुलाघाट नाकामा इस्टइण्डिया कम्पनीले बनाएको जीर्ण अवस्थाको झोलुंगे पुलबाट महाकाली नदी वारपार गर्न बाध्य छन् । झुलाघाटमा मोटरेबल पुल निर्माण भए बैतडीसहित समग्र सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमण यही मंसिर ६ गते (नोभेम्बर २२) हुने तयारी छ । भ्रमणका क्रममा झुलाघाट पुल निर्माणका लागि यसअघि भएका सहमति, अध्ययनको अवस्थाबारे भारतीय पक्षसँग जानकारी लिएर निर्माण प्रक्रिया अघि बढाउन पहल गर्नुपर्ने अध्यक्ष चन्दले बताए । प्रधानमन्त्रीले यस विषयमा चासो राखे पुल निर्माणको प्रक्रिया अघि बढ्न सक्ने उनको विश्वास छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
16h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन महत्त्वका मुद्दा सधैं मुल्तबीमा

प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन महत्त्वका मुद्दा सधैं मुल्तबीमा

प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन महत्त्वका मुद्दा सधैं मुल्तबीमा नेपाल र भारतबीच प्रधानमन्त्री तहमा हुने एक्लाएक्लै र प्रतिनिधिमण्डलको छलफलमा दीर्घकालीन र तत्कालीन महत्त्वका संवेदनशील र गम्...

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Nagarik News
12m ago
‘प्रधानमन्त्रीको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

‘प्रधानमन्त्रीको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी आइतबारदेखि हुने दुई दिने भारतको राजकीय भ्रमणका क्रममा द्विपक्षीय व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रले प्राथमिकता पाउने भएको छ।

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Onlinekhabar
2h ago
भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

भारतमा काम गर्ने नेपालीका अपेक्षा– प्रधानमन्त्रीको भ्रमणले सीमाको सास्ती अन्त्य गरोस्

४ मंसिर, धनगढी । कैलालीको गौरीफन्टा नाकामा यतिबेला मजदुरी गर्न भारत जाने नेपालीको लर्को छ । दशैं र तिहार सकेर सुदूरपश्चिमसहित देशका विभिन्न ठाउँबाट दैनिक हजारौंको संख्यामा नेपालीहरू भारततिर गइरहेका छन् । चाडपर्व मनाउन घर आएका …

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई मन्त्रिपरिषद्को स्वीकृति, मंसिर ६ र ७ गते राजकीय भ्रमण

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ।शुक्रबार...

#भ्रमण #भारत
Compare →
Arthasansar
3h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612