Trending
Prev Story
Next Story

बाटो काट्दै गरेको कुखुरा बचाउन चालकले लगाए ब्रेक, यात्रुले हालिन् मुद्दा, अदालतले सुनायो अनौठो फैसला

Nagarik News •
November 20, 2026 • 09:16 AM
2
2 reads 0 reactions

उल्टै अदालतले ती महिलालाई कानुनी खर्चबापत १५ हजार सिंगापुर डलर (करिब ११ हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बाटो काट्दै गरेको कुखुरा बचाउन चालकले लगाए ब्रेक, यात्रुले हालिन् मुद्दा, अदालतले सुनायो अनौठो फैसला

सिंगापुरमा बाटो काट्दै गरेको कुखुरालाई बचाउन चालकले अचानक ब्रेक लगाउँदा घाइते भएकी एक महिलाले चालकविरुद्ध हालेको मुद्दा अदालतले खारेज गरिदिएको छ।

उल्टै अदालतले ती महिलालाई कानुनी खर्चबापत १५ हजार सिंगापुर डलर (करिब ११ हजार ६०० अमेरिकी डलर) तिर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यभोन चेन नामकी महिला सन् २०२४ फेब्रुअरी १९ मा ट्यान टेङ कियाटले चलाएको निजी भाडाको कारमा यात्रा गरिरहेकी थिइन्। सिंगापुरको हल्याण्ड रोडमा अगाडिको गाडीले बाटो काटिरहेको कुखुरालाई बचाउन अचानक ब्रेक लगायो। त्यसपछि ट्यानले पनि दुर्घटना हुन नदिन जोडसँग ब्रेक लगाए। यस क्रममा आफू अगाडि धकेलिएर घाइते भएको चेनको दाबी थियो।

चेनले चालकले अगाडिको गाडीलाई निकै नजिकबाट पछ्याएका कारण अचानक ब्रेक लगाउनुपरेको भन्दै लापरबाहीको मुद्दा हालेकी थिइन्। तर ट्यानले आफू करिब ५० किलोमिटर प्रतिघण्टाको गतिमा र अगाडिको गाडीभन्दा करिब १० मिटर पछाडि रहेको बताएका थिए।

सिंगापुरको सडक नियमअनुसार प्रत्येक १६ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडिको गाडीबाट कम्तीमा एक कार बराबरको दूरी कायम गर्नुपर्छ। तर जिल्ला न्यायाधीश जोनाथन एनजीले ट्यानले अगाडिको गाडीलाई नठोक्काई समयमै गाडी रोक्न सफल भएकाले दूरी पर्याप्त थियो वा थिएन भन्ने निर्णय गर्न आवश्यक नरहेको बताए। अचानक भएको घटनामा सामान्य तरिकाले ब्रेक लगाउने समय चालकसँग नहुने उनको भनाइ थियो।

न्यायाधीशले चेनलाई आफ्नो नियन्त्रणबाहिर भएको घटनामा घाइते भएकी निर्दोष यात्रुका रूपमा स्वीकार गरे पनि हरेक दुर्भाग्यका लागि अर्को व्यक्तिलाई जिम्मेवार बनाउन नमिल्ने बताए। उनले 'यो घटना कुखुराले बाटो काटेका कारण भएको दुर्भाग्यपूर्ण घटना थियो, तर जीवनका उतारचढावमध्ये एक पनि थियो' भनेका थिए।

अदालतमा चेनविरुद्ध अन्य दुई दुर्घटनासम्बन्धी मुद्दा पनि विचाराधीन रहेको न्यायाधीशले उल्लेख गरेका थिए। ती दुवै घटनामा उनी निजी भाडाको गाडी वा आफ्ना श्रीमानको कारमा यात्रु थिइन्। चेनले भने फैसलाविरुद्ध उच्च अदालतमा अपिल गरेकी छन्।

सिंगापुरमा खुला रूपमा हिँड्ने कुखुरा र रैथाने जंगली चरा सामान्य रूपमा देखिन्छन्। त्यहाँको राष्ट्रिय विकास मन्त्रालयका अनुसार पछिल्ला पाँच वर्षमा आवासीय क्षेत्रमा खुला रूपमा हिँड्ने कुखुरासम्बन्धी वार्षिक औसत दुई हजार गुनासा आउने गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १५:०१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
सेयर बजारको गिरावटमा ब्रेक, परिसूचक सामान्य बढ्दा कारोबार ४ अर्ब भन्दा कम

सेयर बजारको गिरावटमा ब्रेक, परिसूचक सामान्य बढ्दा कारोबार ४ अर्ब भन्दा कम

पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको सेयर बजारमा ब्रेक लागेको छ । अघिल्ला दिनहरुमा घटेको सेयर बजार आज भने सामान्य बढेर...

#ब्रेक
Compare →
Hamro Patro News
2d ago
राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङमार्गको ब्रेक–थ्रु

राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङमार्गको ब्रेक–थ्रु

नेपाल सरकारको गौरवको योजना अन्तर्गत रहेको बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रूतमार्ग आयोजना रफ्तारमा निर्माण भइरहेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले फास्ट ट्रयाकको सबैभन्दा लामो सुरुङ मार्...

#ब्रेक
Compare →
Onlinekhabar
2d ago
कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई …

#कुखुरा
Compare →
Ekantipur
2d ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#ब्रेक
Compare →
Bizshala
2d ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#ब्रेक
Compare →

Related Stories

National (Nepal)
Build #2612