Trending
Prev Story
Next Story

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

Onlinekhabar •
November 18, 2026 • 07:31 AM
3
3 reads 0 reactions

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई …

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा पुरुषको शव फेला

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ सैनिक चोक टुड्कियास्थित मोहन यादवको कुखुरा फार्म छेउको आँप बगैँचामा रहेको पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कुखुरालाई पानी खुवाउन खनिएको पोखरीमा स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक गोलबजार नगरपालिका–३ भाङबारीका ४५ वर्षीय महेन्द्र चमार रहेको खुलेको छ।

परिवारका अनुसार महेन्द्र भाइटीकाको भोलिपल्टदेखि सम्पर्कविहीन थिए। परिवारजनले खोजी गरे पनि मजदुरीका सिलसिलामा कतै बास बसेको हुन सक्ने ठानेर प्रहरीमा हराएको उजुरी दिएका थिएनन्।

स्थानीयले शव देखेपछि गोलबजार नगरपालिका–६ का वडा अध्यक्ष सञ्जित लामालाई खबर गरेका थिए । अध्यक्ष लामाले तत्काल प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी निरीक्षक खरेलका अनुसार शवको अवस्था हेर्दा करिब एक साताअघिदेखि नै पोखरीमा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
छठपर्वका लागि सिँगारिँदै छठघाट (तस्बिरहरू)

छठपर्वका लागि सिँगारिँदै छठघाट (तस्बिरहरू)

सिरहा- आस्थाको महापर्व छठ नजिकिँदै जाँदा सिरहाका विभिन्न नदी, नाला, तलाउ तथा पोखरीका किनारमा छठघाट सरसफाइ र सजावटको काम तीव्र पारिएको छ। छठपर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप स...

#पोखरी #सिरहा
Compare →
Ekantipur
15h ago
दसौं राष्ट्रिय खेलकुदका लागि कोशीका महिला र पुरुष क्रिकेट टोली घोषणा

दसौं राष्ट्रिय खेलकुदका लागि कोशीका महिला र पुरुष क्रिकेट टोली घोषणा

दुवैतर्फ १४–१४ सदस्यीय अन्तिम टोली छनोट गर्न बिहीबारदेखि विराटनगरमा क्लोज क्याम्प सुरु हुँदैछ ।

#पुरुष
Compare →
Nagarik News
2d ago
सञ्चालन नहुँदै भत्कियो सिँचाइ पोखरी

सञ्चालन नहुँदै भत्कियो सिँचाइ पोखरी

निर्माण समितिले पोखरी निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माण स्थलमा प्राविधिक नपुग्नुले पोखरी जीर्ण बनेको हो।

#पोखरी
Compare →

Related Stories

World News
Build #2612