Trending
Prev Story
Next Story

सञ्चालन नहुँदै भत्कियो सिँचाइ पोखरी

Nagarik News •
November 16, 2026 • 06:28 AM
3
3 reads 0 reactions

निर्माण समितिले पोखरी निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माण स्थलमा प्राविधिक नपुग्नुले पोखरी जीर्ण बनेको हो।

सञ्चालन नहुँदै भत्कियो सिँचाइ पोखरी

दैलेखमा एक योजना दुई दशकदेखि सम्पन्न हुन सकेको छैन। दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटस्थित भित्रिखोला सिँचाइ कुलो योजनाको काम सुरु भएको २५ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ।

भित्रिखोला सिँचाइ कुलो निर्माण सम्पन्न नहुँदा भेरीखोर, सुंगरखाल, बाजथला र तोलिचाखाका आठ सय घरधुरीका आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जग्गा बाँझो बन्दै गएको छ।

दैलेखस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३५ लाखमा निर्माण गरीएको पोखरी भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ।

निर्माण समितिले पोखरी निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माण स्थलमा प्राविधिक नपुग्नुले पोखरी निकै जीर्ण बनेको हो।

स्थानीयको माग बमोजिम सिँचाइ कुलो निर्माण गर्न लागिए पनि निर्माण समिति र खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय दैलेखको लापरबाहीका कारण सिँचाइ सपना पूरा हुन नसक्ने भएको हो।

२०५८ सालमा जनश्रमदानबाट सुरु गरिएको उक्त योजनामा २०७७ सालसम्म झन्डै ७० लाख रुपैयाँ खर्च भइसकेको छ। २०७७ सालयता बजेट विनियोजन छाडेको थियो।

उक्त सिँचाइ योजनामा २०८२/८३ मा ३५ लाखमा विनियोजन भएकोमा काम  राम्रो नहुँदा भत्किएर काम नलाग्ने अवस्थामा पुगेको छ।

अहिले सिँचाइ योजनाअन्तर्गत खनिएको कुलोको आधाभन्दा बढी भाग पुरिएको छ। पहिला गरिएको काम र पाइप लाइनसमेत पहिरोले बगाएको छ।

योजनाअनुसार झन्डै ६ किलोमिटर टाढाबाट पानी ल्याएर सुंगरखाल, बाजथला र तोलिचाखामा सिँचाइ सुविधा पुर्‍याउने योजनाको लक्ष्य हो।

यो योजनाका बारे भर्खरै मात्र आफूले जानकारी पाएको खानेपानी तथा ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताए।

उनले अघिल्लो वर्ष ३५ लाखमा मार्फत पाइन लाइन र पोखरी निर्माण गरेको बताए। उनले यो वर्ष पनि २० लाख रकम मार्फत काम गर्ने तयारी गरेको बताए।

प्रकाशित: ३० कार्तिक २०८३ १२:१३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सजाइयो घडीअर्वा पोखरी छठघाट परिसर (फोटोफिचर)

सजाइयो घडीअर्वा पोखरी छठघाट परिसर (फोटोफिचर)

वीरगञ्ज (पर्सा), कार्तिक २८ गते । छठपूजामा सजावटका लागि तराईमा प्रसिद्ध रहेको वीरगञ्जको घडीअर्वा पोखरी परिसरको सजावटका लागि यस वर्ष २७ लाख रुपियाँ खर्च गरिने भएको छ । छठपूजा व्यवस्थापन समितिले शनि...

#पोखरी
Compare →
Ekantipur
3d ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#सिँचाइ
Compare →
Bizshala
1w ago
पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमै

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा २ अर्ब ३९ करोड खर्च, ८८ प्रतिशत रकम निर्माणमै

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका आयोजनामा २ अर्ब ३९ करोड ३०...

#सिँचाइ
Compare →
Onlinekhabar
1w ago
पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च

पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गत आयोजनामा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च भएको छ । विभागले पहिलो तीन महिनामा गरेको कुल खर्चमध्ये ८८ प्रतिशत …

#सिँचाइ
Compare →

Related Stories

Technology
Build #2612