Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुदका लागि कोशीका महिला र पुरुष क्रिकेट टोली घोषणा

Ekantipur •
November 17, 2026 • 05:02 PM
1
1 reads 0 reactions

दुवैतर्फ १४–१४ सदस्यीय अन्तिम टोली छनोट गर्न बिहीबारदेखि विराटनगरमा क्लोज क्याम्प सुरु हुँदैछ ।

दसौं राष्ट्रिय खेलकुदका लागि कोशीका महिला र पुरुष क्रिकेट टोली घोषणा

दुवैतर्फ १४–१४ सदस्यीय अन्तिम टोली छनोट गर्न बिहीबारदेखि विराटनगरमा क्लोज क्याम्प सुरु हुँदैछ ।

सुनसरी — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशको महिला र पुरुष क्रिकेट टोलीको प्रारम्भिक सूची घोषणा गरिएको छ। प्रदेश खेलकुद विकास बोर्डले मंगलबार साँझ दुवै टोलीका खेलाडीको नाम सार्वजनिक गरेको हो।

घोषित प्रारम्भिक टोलीको बिहीबारदेखि विराटनगरमा क्लोज क्याम्प सुरु हुने भएको छ। क्लोज क्याम्पमा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा महिला र पुरुष दुवैतर्फबाट अन्तिम १४ सदस्यीय टोली छनोट गरिनेछ। छनोट भएका खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

पुरुषतर्फको २६ सदस्यीय प्रारम्भिक टोलीमा अंकित सुवेदी, दिपेश कँडेल, सुजन थपलिया, प्रतिक पोखरेल, फिरदोश अन्सारी, साकिब हक, प्रेम कामत, सोनु अन्सारी, गौरव कटवाल, रवीन्द्र यादव, सोनु मण्डल, अविनाश अधिकारी, प्रकाश कार्की, बिपिन महत, विजय कार्की, मेहबुब बाबु इराकी, श्रवण किस्कु, रितेश राई, सौजन्य घिमिरे, भूपाल दङ्गाल, रोहन शाह र समिर कार्की छन्।

त्यस्तै, कृतिक कामत, आयुष न्यौपाने, रविन तिम्सिना र भूपाल लुइटेल पनि पुरुष टोलीको सूचीमा छन्।

पुरुष टोलीका प्रमुख प्रशिक्षक पुष्पा थापा छन्। पुरुष खेलाडीलाई मंसिर २ गते विराटनगरमा रिपोर्टिङ गर्न भनिएको छ।

महिलातर्फको २२ सदस्यीय प्रारम्भिक टोलीमा रुबिना क्षेत्री, लाकिता राजवंशी, एलिसा खडेरिया, संगीता राई, विमला मल्लाह, काजल श्रेष्ठ, दीक्षिखा भुजेल, निशा शाह, खुसी राजवंशी, सृजना राजवंशी, बन्दना राजवंशी, फूलकुमारी राजवंशी, निरु राजवंशी, कृतिशा धामी, खिमकला घिमिरे, दीपा लिम्बू, समीक्षा राई, बिमिका बस्नेत, रिया शर्मा, टिका शाह, प्रिन्सा राना मगर र पूर्णिमा राजवंशी छन्।

महिला टोलीका मुख्य प्रशिक्षक राजकुमार प्रधान छन्। महिला खेलाडीलाई पनि मंसिर २ गते बिहान ८ बजे विराटनगरस्थित बीकेभीएममा रिपोर्टिङ गर्न भनिएको छ। क्लोज क्याम्पबाट दुवै टोलीका १४–१४ जना खेलाडी छनोट भएपछि कोशी प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा महिला र पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिममा खेलाडी छनोट सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

धनगढी । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदू...

#खेलकुद #छनोट
Compare →
Nagarik News
2d ago
एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै विमानस्थलमै तीन महिलाबिच कुटाकुट!

एउटै पुरुषलाई आफ्नो पति दाबी गर्दै विमानस्थलमै तीन महिलाबिच कुटाकुट!

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा तीन महिलाले ती पुरुषलाई घेरेर आफ्नो पति भन्दै आफूसँगै घर लैजान खोजेको देखिन्छ।

#पुरुष
Compare →

Related Stories

Sports
Build #2612