Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुदको मुख्य रंगशालाकै हस्तान्तरण अन्योलमा

Ekantipur •
November 17, 2026 • 08:32 AM
3
3 reads 0 reactions

दशौं राष्ट्रिय खेलकुद नजिकिँदा पनि प्रदेश सरकारको स्वामित्वमा रंगशाला आएको छैन । तीन करोड भुक्तानी र प्राविधिक प्रतिवेदनका विषय बाँकी नै छन् ।

राष्ट्रिय खेलकुदको मुख्य रंगशालाकै हस्तान्तरण अन्योलमा

दशौं राष्ट्रिय खेलकुद नजिकिँदा पनि प्रदेश सरकारको स्वामित्वमा रंगशाला आएको छैन । तीन करोड भुक्तानी र प्राविधिक प्रतिवेदनका विषय बाँकी नै छन् ।

सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा प्रतियोगिताको मुख्य केन्द्रका रूपमा रहेको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला अझै प्रदेश सरकारको मातहतमा आउन सकेको छैन।

निर्माण सम्पन्न भएको दाबी गरिए पनि औपचारिक हस्तान्तरण नहुँदा प्रतियोगिता सञ्चालनको तयारीमा अन्योल देखिएको छ। २०८१ जेठमा निर्माण सम्पन्न हुनुपर्ने रंगशालाको अन्तिम चरणको एक प्रतिशत काम बाँकी रहँदा यसअघि हस्तान्तरण प्रक्रिया रोकिएको थियो।

निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीबाट प्रदेश सरकारलाई रंगशाला हस्तान्तरण हुन सकेको छैन। अहिले निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रकम, प्राविधिक प्रतिवेदन र हस्तान्तरणको प्रक्रियाले पूर्णता पाउन सकेको छैन।

मुख्यमन्त्री मंगलबहादुर शाहीले रंगशाला हस्तान्तरणका लागि प्राविधिक टोलीको प्रतिवेदन र भुक्तानीको विषय टुंगिनुपर्ने बताए। उनका अनुसार निर्माण कम्पनीलाई करिब तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। उक्त रकम भुक्तानी गर्न तेस्रो पक्षबाट मूल्यांकन गराउने विषयमा छलफल भइरहेको छ। ‘प्राविधिक टोलीले प्रतिवेदन दिएको छ । अब हेर्नुपर्छ। करिब तीन करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको सदस्यसचिवले बताउनुभएको छ। तेस्रो पक्षबाट मूल्यांकन गराएर भुक्तानी गर्ने विषयमा हामी सल्लाह गर्दै छौँ,’ मुख्यमन्त्री शाहीले भने।

ठेकेदार कम्पनी पनि हस्तान्तरण गर्न तयार हुनुपर्ने उल्लेख गर्दै उनले रंगशाला प्रदेश सरकारले जिम्मा लिएर खेलकुद सञ्चालन गर्दा सहज हुने बताए। हस्तान्तरण कार्यक्रमको मिति तय गर्ने, मुख्यमन्त्री र विभागीय मन्त्रीहरूको उपस्थिति मिलाउनेदेखि रंगशालामा राखिने शिलालेखमा कसको नाम उल्लेख गर्ने भन्ने विषयमा समेत सहमति जुट्न सकेको छैन ।

कहिले मुख्यमन्त्री र मन्त्रीहरूको समय नमिल्ने त कहिले शिलालेखमा नाम राख्ने विषयमा विवाद हुँदा हस्तान्तरण प्रक्रिया लम्बिएको प्रदेश खेलकुद परिषद्का एक सदस्यले बताए ।

मंसिर ८ देखि प्रतियोगितासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहँदा रंगशाला भने प्रदेश सरकारको औपचारिक स्वामित्वमा आइसकेको छैन। हस्तान्तरणपछि गर्नुपर्ने प्राविधिक परीक्षण, सरसफाइ, सुरक्षा तथा सञ्चालन व्यवस्थापनका कामसमेत बाँकी छन्।

करिब १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको रंगशालामा करिब १० हजार दर्शक अट्ने क्षमता छ। फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आर्ट्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहललगायत संरचना निर्माण गरिएका छन्।

दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन तथा प्रमुख प्रतियोगिता सञ्चालन गर्ने केन्द्रका रूपमा रंगशालालाई तयार गरिएको हो। करिब डेढ अर्ब रुपैयाँ लगानीमा बनेको प्रदेशकै महत्त्वपूर्ण खेल पूर्वाधार प्रतियोगिता सुरु हुन लाग्दासमेत प्रदेश सरकारको स्वामित्वमा नआउनुले तयारी व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
राष्ट्रिय खेलकुदको मुख्य रंगशालाकै हस्तान्तरण अन्योलमा

राष्ट्रिय खेलकुदको मुख्य रंगशालाकै हस्तान्तरण अन्योलमा

राष्ट्रिय खेलकुदको मुख्य रंगशालाकै हस्तान्तरण अन्योलमा दशौँ राष्ट्रिय खेलकुद नजिकिँदा पनि प्रदेश सरकारको स्वामित्वमा आएन रंगशाला, तीन करोड भुक्तानी र प्राविधिक प्रतिवेदनको विषय बाँकी। मंसिर १, २०...

#रंगशाला #खेलकुद #हस्तान्तरण
Compare →
Nagarik News
1d ago
कर्णालीमा पूर्वाधार लुम्बिनीमा खेल

कर्णालीमा पूर्वाधार लुम्बिनीमा खेल

दसौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भव्य रंगशाला निर्माण ग¥यो।

#रंगशाला #खेलकुद
Compare →
Onlinekhabar
2d ago
निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

२८ कात्तिक, जनकपुरधाम । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको …

#हस्तान्तरण
Compare →

Related Stories

Sports
Build #2612