Trending
Prev Story
Next Story

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

Ekantipur •
November 20, 2026 • 03:02 PM
2
2 reads 0 reactions

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच संवाद : कांग्रेस देउवाको हातमा जानुपर्छ, ओली-बस्नेत चर्को बोल्नुपर्छ

चीन भ्रमण दलमा रहेका श्रीराम न्यौपानेले रोबोटले खेलिरहेको भिडियो फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ ।

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का २० सांसद यतिबेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा रहेका छन् ।

चीन भ्रमणमा रहेका सांसदबीच नेपालको राजनीतिबारे चर्चा भइरहेको अडियो/भिडियो सामग्री सार्वजनिक भएको छ । भ्रमण दलका सदस्य सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा रास्वपा सांसदहरू एकापसमा नेपाली राजनीतिबारे चर्चा गरिरहेको सुनिन्छ ।

सांसद न्यौपानेले रोबोटले खेलिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । त्यो भिडियोमा सांसदहरूबीच नेपालको राजनीतिबारे र पारिवारिक विषयमा कुराकानी गरेको सुनिन्छ । उनीहरूबीच कांग्रेस, एमाले, आगामी निर्वाचन लगायतका विषयमा छलफल गरेको सुनिन्छ ।

एक पुरुष सांसद भन्छन्, 'शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै ।' महिला सांसद जवाफ फर्काउँछन्, 'अदालतले पनि फैसला गर्दा शेरबहादुरकोमा जानुपर्छ ।' पुरुष सांसद समर्थन जनाउँदै भन्छन्- 'त्यै हो ।'

महिला सांसद आफ्नो तर्कलाई निरन्तरता दिँदै भन्छिन्, 'स्थानीय चुनावसम्म र ओलीले रोक्नुहुन्न, यो भन्दा डबल चर्को भएर निस्कनुपर्छ, ओली र महेश बस्नेत ।'

ती महिला सांसदको भनाइमा एक महिला र अर्का पुरुष सांसदले समर्थन जनाउँदै भन्छन्, 'निस्किन्छन् के, यिनको स्वभावै त्यै हो ।'

यो कुराकानीमा अर्का सांसद जोडिन्छन् । उनी एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेतका अभिव्यक्तिको फाइदा आफूहरूले लिने बताउँछन् । ती सांसद भन्छन्, 'त्यसको फाइदा हामीले लिन्छौं तर हामीले पनि काम गर्नुपर्छ ।' काम नगरे आफूहरूलाई पनि जनताले सोही ठाउँमा पुर्‍याउने भन्दै अघि बोलिरहेकी सांसद थप्छिन्, 'काम नगरे त अनि फेरि हामीलाई नि त्यै ठाउँमा पुर्‍याइदिन्छन् ।'

यो भिडियोमा पछि भने सांसदहरूले बालबच्चाका कुरा गरेको सुनिन्छ । उनीहरूले आफ्ना बच्चाले क्रिकेट खेल्ने गरेको भन्छन् भने अर्का सांसदले एकेडेमीमा भर्ना गर्न सुझाव दिन्छन् ।

एक अर्को भिडियोमा भने महिला सांसदले चीन भ्रमणमा ढिलो उठेको लगायतका कुरा गरेको सुनिन्छ ।

यसरी कुराकानी गरेको भिडियो सार्वजनिक भएको जानकारी पाएपछि सांसद न्यौपानेले उक्त भिडियो आफ्नो फेसबुकबाट डिलिट गरेका छन् ।

भ्रमण दलमा रहेका सांसदले भने अपरिपक्व काम भएको प्रतिक्रिया दिएका छन् । चीन भ्रमणमा रहेका तीन सांसदसँग कान्तिपुरले कुराकानी गर्दा भ्रमणका क्रममा सांसदहरूले बोलेका कुरालाई लिएर र भिडियो ख्याल नगरी सार्वजनिक नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमणमा रहेका सांसदहरुमा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति सभापति समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, राम लामा, पुनमकुमारी अग्रवाल, आनन्दबहादुर चन्द, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#रास्वपा #चीन #संवाद
Compare →
Nagarik News
8h ago
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, चीनबाट २ मिलियन डलर अनुदान लिने

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

#भ्रमण #चीन
Compare →
Hamro Patro News
17h ago
चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनमा सी–ट्रम्पबिच द्विपक्षीय बैठक : युक्रेन युद्धदेखि हर्मुज स्ट्रेटसम्म संवाद

चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट,...

#चीन #संवाद
Compare →
Bizshala
4h ago
विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

विदेश र अर्को जिल्लामा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिलाउने तयारी, आयोगले थाल्यो कानुनी प्रक्रिया

काठमाण्डौ । निर्वाचन आयोगले स्थायी ठेगानाभन्दा बाहिर बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत मतदानमा सहभागी गराउने...

#रहे
Compare →
Arthasansar
8h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612