Trending
Prev Story
Next Story

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : टावर छ, नेटवर्क छैन, किन ?

Ekantipur •
November 20, 2026 • 03:02 PM
2
2 reads 0 reactions

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको तर नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका बताएका छन् ।

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : टावर छ, नेटवर्क छैन, किन ?

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको तर नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका बताएका छन् ।

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् ।

दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन आज टेलिकमलाई निर्देशन दिए ।

नेटवर्कको गुणस्तरमा समस्या किन भइरहेको छ भन्ने स्पष्ट पहिचान गरी त्यसको समाधान गर्नुपर्ने उनले बताए । सबै टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिए । टेलिकमको सेवा प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुने अवस्था स्वीकार्य नहुने बताए ।

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न, टावरको क्षमता बढाउन तथा आवश्यक पूर्वाधार विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ)को रकमसमेत उपयोग गरेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ । देशका विभिन्न स्थानमा टावर भए पनि नेटवर्क नचल्ने वा कमजोर हुने गुनासो आइरहेको भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिन निर्देशन दिए ।

यसैबीच, नेपाल टेलिकमका देशभरमा पाँच हजार टावर रहेकामा आज करिब ५० वटाको सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप गर्नेगरी बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ ।

नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार हुने सुनिश्चितता नहुने भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता र सञ्चालन अवस्था पनि सुधार गर्नुपर्नेमा जोड दिए ।

गत वर्षमात्रै देशभरका विभिन्न टावरमा दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि नेटवर्क सञ्चालनमा समस्या नहुने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा टेलिकमका टावरले सहरी क्षेत्रमा चारदेखि छ घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सेवा सञ्चालन गर्नसक्ने जनाइएको छ ।

विद्युत् अवरुद्ध भएका बेला डाटा नचल्ने समस्या रहेको गुनासो मन्त्रालयमा आउने गरेको छ । यस विषयमा पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले सेवा प्रदायकको वास्तविक अवस्था स्पष्ट पार्न र समस्या समाधान गर्न निर्देशन दिएका हुन् । 'टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको छ । तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन् । तपाईँहरूको कमजोरी के हो ?, सुधारका उपाय शीघ्र खेज्नुहोस् । के-कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ,' उनले भने । नेपाल टेलिकमका देशभरका टावरको अवस्थाबारे विस्तृत प्राविधिक अध्ययन गरी त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन पनि मन्त्री तिमिल्सिनाले निर्देशन दिए ।

जवाफमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले सेवाको गुणस्तर सुधार गर्न टेलिकम प्रतिबद्ध रहेको बताइन् । पुराना टावरमा सेवाको गुणस्तर बढाउने र नयाँ टावर थप्ने काममार्फत टेलिकमको पहुँच तथा गुणस्तर सुधारका प्रयास भइरहेको उहाँको भनाइ छ । उहाँले टेलिकमका टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा भइरहेको पनि बताइन् ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या बढी हुने गरेको र त्यसबाट टेलिफोन टावरको सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ । छलफलमा प्रमुख सञ्चालन अधिकृत (सिओओ) प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए । सञ्चारमन्त्री तिमिल्सिनाले ब्याकबोन प्रसारण निर्देशनालयसँग टेलिकमको नेटवर्क विस्तारको पछिल्लो अवस्थाबारे पनि जानकारी लिएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: टावर छ, नेटवर्क छैन, किन ?

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: टावर छ, नेटवर्क छैन, किन ?

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन्।

#नेपाल-टेलिकम #सञ्चारमन्त्री #समस्या
Compare →
Onlinekhabar
3h ago
नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत …

#नेपाल-टेलिकम #सञ्चारमन्त्री #समस्या
Compare →
Hamro Patro News
1w ago
डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्...

#सञ्चारमन्त्री #तिमिल्सिना
Compare →
Arthasansar
5d ago
नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,अधिकांश सूचकमा सुधार

नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,अधिकांश सूचकमा सुधार

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस त्रैमासमा प्राकृतिक...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Bizshala
1w ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #टेलिकम
Compare →

Related Stories

Politics & Governance
Build #2612