Trending
Prev Story
Next Story

चिसो र प्रदूषणको मारमा बालबालिका, निमोनियाको जोखिम उच्च

Ekantipur •
November 20, 2026 • 03:02 PM
2
2 reads 0 reactions

कान्ति बाल अस्पतालका अनुसार जाडो सुरु भएयता मेडिकल ओपीडीमा उपचारका लागि आउने कुल बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बालबालिका रुघाखोकी तथा त्यसबाट उत्पन्न जटिलता लिएर आउने गरेका छन् ।

चिसो र प्रदूषणको मारमा बालबालिका, निमोनियाको जोखिम उच्च

कान्ति बाल अस्पतालका अनुसार जाडो सुरु भएयता मेडिकल ओपीडीमा उपचारका लागि आउने कुल बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बालबालिका रुघाखोकी तथा त्यसबाट उत्पन्न जटिलता लिएर आउने गरेका छन् ।

काठमाडौँ — काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा चिसो बढेको छ । यससँगै बालबालिकामा रुघाखोकी, निमोनिया, छालासम्बन्धी रोग र कोल्ड डायरियाको जोखिम पनि बढेको छ ।

कान्ति बाल अस्पतालका अनुसार जाडो सुरु भएयता मेडिकल ओपीडीमा उपचारका लागि आउने कुल बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी बालबालिका रुघाखोकी तथा त्यसबाट उत्पन्न जटिलता लिएर आउने गरेका छन् । अस्पतालमा आउने बिरामीमध्ये रुघाखोकी तथा श्वासप्रश्वासजन्य संक्रमणको संख्या सबैभन्दा बढी छ । चिसो र सरसफाइको कमीका कारण देखिने छालासम्बन्धी समस्या तथा जाडोमा सक्रिय हुने निश्चित जीवाणुका कारण लाग्ने कोल्ड डायरियाका बिरामी पनि उत्तिकै आउने गरेका छन् ।

सुरुआती चरणको सामान्य रुघाखोकीले समयमै उपचार नपाउँदा घाँटी हुँदै फोक्सोसम्म संक्रमण फैलिने र निमोनियाको रूप लिने गरेको अस्पतालका निर्देशक डा. रामहरि चापागाईं बताउँछन् । रुघाखोकी जटिल बन्दै जाँदा कोखा हान्ने, नाकको फोरा चल्ने, सास फेर्न गाह्रो हुने र उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने भएकाले बालबालिकालाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

जाडोमा बालबालिका बिरामी पर्नुको अर्को प्रमुख कारण वातावरणीय प्रदूषण पनि रहेको अस्पतालले जनाएको छ । चिसो हावाका कारण वायु प्रदूषण लामो समयसम्म वायुमण्डलमै रहँदा धुलोका अति सूक्ष्म कण (पीएम २.५) श्वासप्रश्वासको माध्यमबाट सिधै फोक्सोमा पुग्ने जोखिम हुन्छ । यसले रुघाखोकी, दम तथा फोक्सोका दीर्घकालीन रोगलाई थप जटिल बनाउन सक्छ ।

श्वासप्रश्वासजन्य रोगको मुख्य कारण कीटाणु र जीवाणु भए पनि सहरी प्रदूषणले संक्रमणलाई थप जटिल बनाउने निर्देशक डा. चापागाईं बताउँछन् । 'सहरमा जतिबेला प्रदूषण बढेको हुन्छ, त्यतिबेला श्वासप्रश्वासजन्य रोगका बिरामी बढी संख्यामा आकस्मिक कक्ष र ओपीडीमा आउने गरेको हामीले स्पष्ट रूपमा देख्छौँ,' उनले भने ।

चिसो मौसममा बालबालिकालाई रोगबाट जोगाउन अभिभावकले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । बालबालिकालाई न्यानो लुगा लगाइदिने, सरसफाइमा ध्यान दिने, सन्तुलित भोजन खुवाउने र सरकारले तोकेका सबै नियमित खोप लगाउनुपर्ने उनीहरूको सुझाव छ । सामान्य रुघाखोकी लाग्नेबित्तिकै चिकित्सकको सल्लाहबिना औषधि पसलबाट एन्टिबायोटिक वा अन्य औषधि किनेर नखुवाउन पनि चिकित्सकहरूले सचेत गराएका छन् ।

कतिपय अवस्थामा सामान्य देखिने रुघाखोकीले गम्भीर रूप लिँदा बालबालिकालाई वार्डमा मात्र नभई सघन उपचार कक्ष (आईसीयू) मै राखेर उपचार गर्नुपर्ने अवस्था आउने गरेको अस्पतालकी बालरोग विशेषज्ञ डा. रेश्मा ढकाल लामिछाने बताउँछिन् । 'सबै रुघाखोकी सामान्य हुँदैनन् । कहिलेकाहीं चार–पाँच जनासम्म बच्चालाई एकैपटक आईसीयूमा रेफर गर्नुपर्ने स्थिति आउँछ । त्यसैले जाडो मौसममा रुघाखोकीलाई सामान्य नठानी समयमै चिकित्सकको परामर्श लिन जरुरी छ,' उनले भनिन् ।

रुघाखोकीसँगै उच्च ज्वरो आएमा, कोखा हानेमा वा सास फेर्न गाह्रो भएमा बालबालिकालाई तुरुन्तै स्वास्थ्य संस्थामा लैजान चिकित्सकहरूले आग्रह गरेका छन् ।

ओपीडीमा आउने कुल बिरामीको संख्या भने घट्यो

जाडोमा श्वासप्रश्वासजन्य रोगका बिरामीको अनुपात बढे पनि अस्पतालमा दैनिक आउने समग्र बिरामीको संख्या भने गर्मीयामको तुलनामा घटेको छ । कान्ति बाल अस्पतालका अनुसार गर्मीयाममा मेडिकल ओपीडीमा दैनिक ६ सयदेखि ७ सयसम्म बालबालिका उपचारका लागि आउने गरेकामा जाडो सुरु भएसँगै यो संख्या घटेर दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा झरेको छ ।

जाडोमा पानीजन्य तथा लामखुट्टेबाट सर्ने रोग कम हुनु र चिसोका कारण टाढाबाट आउने अभिभावकको आवतजावत घट्नुले समग्र बिरामीको संख्या कम भएको अस्पतालले जनाएको छ ।

कृपाल गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
बालबालिकाको अधिकारमा सम्झौता हुनुहुँदैन : मन्त्री बादी

बालबालिकाको अधिकारमा सम्झौता हुनुहुँदैन : मन्त्री बादी

बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने उनको जोड छ।

#बालबालिका
Compare →
Bizshala
1d ago
दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप...

#बालबालिका
Compare →
Onlinekhabar
3d ago
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

१ मंसिर, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ  । यसका लागि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा स्थानीय तहका वडाहरू सम्बन्धी …

#बालबालिका
Compare →
Hamro Patro News
3d ago
संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरद...

#बालबालिका
Compare →

Related Stories

Health & Wellness
Build #2612