Trending
Prev Story
Next Story

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

Ekantipur •
November 19, 2026 • 02:02 AM
7
7 reads 0 reactions

फलफूल, तरकारी र साबुत अन्नको सट्टा चिनी, नुन र अस्वस्थ बोसोयुक्त खाना रोज्दा विकासशील उमेरमा जोखिम बढ्न सक्छ।

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

फलफूल, तरकारी र साबुत अन्नको सट्टा चिनी, नुन र अस्वस्थ बोसोयुक्त खाना रोज्दा विकासशील उमेरमा जोखिम बढ्न सक्छ।

काठमाडौँ — जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा गरिएको अनुसन्धानले अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबीच सम्बन्ध रहेको देखाएको हो । अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त निष्कर्ष अस्ट्रेलियामा गरिएका १७ वटा अध्ययनको व्यवस्थित समीक्षामा आधारित छ ।

‘करन्ट न्युट्रिसन रिपोट्र्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त समीक्षाले अत्यधिक ऊर्जा दिने तर पोषणतत्त्व कम भएका खाद्य पदार्थ तथा चिनीजन्य पेय पदार्थको सेवनले बालबालिकाको मानसिक स्वास्थ्य, समग्र कल्याण र शैक्षिक नतिजामा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ ।

अनुसन्धानका अनुसार जंक फुड तथा चिनीजन्य पेय पदार्थको बढी सेवन बालबालिकाको मानसिक स्वास्थ्य र विद्यालयमा उनीहरूको शैक्षिक प्रदर्शनसँग सम्बन्धित छ । बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुने अध्ययनले औँल्याएको छ ।

यसको विपरीत फलफूल, तरकारी, साबुत अन्न, समुद्री खाद्य पदार्थ, गेडागुडी तथा दुग्धजन्य पदार्थ समावेश भएको सन्तुलित आहारले बालबालिकाको वृद्धि र विकासमा सहयोग पुर्‍याउन अनुसन्धानले जनाएको छ । यस्ता खाद्य पदार्थमा पाइने आवश्यक भिटामिन तथा खनिजले बालबालिकाको शारीरिक विकास, मस्तिष्कको कार्यक्षमता र समग्र स्वास्थ्यलाई सहयोग गर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनका प्रमुख लेखक तथा फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ता जेगेये अबेबे अबिटेवले बालबालिकामा सानै उमेरदेखि स्वस्थ खानपानको बानी विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार अतिरिक्त चिनी, नुन, स्याचुरेटेड फ्याट, रासायनिक पदार्थ तथा संरक्षक तत्त्व बढी भएका जंक फुडको सेवन सीमित गर्न आवश्यक छ । बाल्यकालमै स्वस्थ खानपानको बानी विकास गर्न सके त्यसले दीर्घकालीन स्वास्थ्य संरक्षणमा सहयोग पुर्‍याउन सक्ने उनको भनाइ छ ।

अनुसन्धानकर्ताहरूले बालबालिका तथा किशोरकिशोरीको पोषण अवस्था सुधार गर्न लक्षित आहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । साथै विद्यालय तथा समुदायमा पोषणसम्बन्धी शिक्षा विस्तार गर्न र स्वस्थ खाद्य पदार्थको मूल्यलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन आवश्यक रहेको उनीहरूले बताएका छन् ।

विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले पनि पर्याप्त पोषणयुक्त खाना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने अनुसन्धानकर्ताहरूको जोड छ । स्वस्थ खाद्य पदार्थको उपलब्धता र पहुँच सहज बनाउनुका साथै पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सके बालबालिकाको खानपानमा सुधार ल्याउन सकिने उनीहरूको भनाइ छ ।

अनुसन्धानले बाल्यकालमा अपनाइने खानपानको बानी तत्कालीन स्वास्थ्यमा मात्र सीमित नभई भविष्यको शारीरिक तथा मानसिक स्वास्थ्यसँग समेत जोडिएको तथ्यलाई उजागर गरेको छ । त्यसैले बालबालिकालाई सानै उमेरदेखि पोषणयुक्त खाना खाने बानी बसाल्न र जंक फुडको सेवन नियन्त्रण गर्न आवश्यक रहेको अध्ययनले औँल्याएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।

#बालबालिका #जङ्क #फुड
Compare →
Onlinekhabar
1d ago
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

१ मंसिर, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ  । यसका लागि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा स्थानीय तहका वडाहरू सम्बन्धी …

#बालबालिका
Compare →
Hamro Patro News
1d ago
संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरद...

#बालबालिका
Compare →

Related Stories

World News
Build #2612