Trending
Prev Story
Next Story

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

Nagarik News •
November 19, 2026 • 03:50 AM
4
4 reads 0 reactions

जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रेलियामा गरिएको अनुसन्धानले अस्वस्थ खानपान र बालबालिकाको मानसिक स्वास्थ्य तथा शैक्षिक प्रदर्शनबीच सम्बन्ध रहेको देखाएको हो। अस्ट्रेलियाको फ्लिन्डर्स विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त निष्कर्ष अस्ट्रेलियामा गरिएका १७ वटा अध्ययनको व्यवस्थित समीक्षामा आधारित छ।

‘करन्ट न्युट्रिसन रिपोट्र्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त समीक्षाले अत्यधिक ऊर्जा दिने तर पोषणतत्त्व कम भएका खाद्य पदार्थ तथा चिनीजन्य पेय पदार्थको सेवनले बालबालिकाको मानसिक स्वास्थ्य, समग्र कल्याण र शैक्षिक नतिजामा नकारात्मक प्रभाव पार्न सक्ने देखाएको छ।

अनुसन्धानका अनुसार जंक फुड तथा चिनीजन्य पेय पदार्थको बढी सेवन बालबालिकाको मानसिक स्वास्थ्य र विद्यालयमा उनीहरूको शैक्षिक प्रदर्शनसँग सम्बन्धित छ। बाल्यकाल र किशोरावस्था शारीरिक तथा मानसिक विकासका महत्त्वपूर्ण चरण भएकाले यस समयमा सन्तुलित र पोषणयुक्त आहार आवश्यक हुने अध्ययनले औँल्याएको छ।

यसको विपरीत फलफूल, तरकारी, साबुत अन्न, समुद्री खाद्य पदार्थ, गेडागुडी तथा दुग्धजन्य पदार्थ समावेश भएको सन्तुलित आहारले बालबालिकाको वृद्धि र विकासमा सहयोग पुर्‍याउने अनुसन्धानले जनाएको छ। यस्ता खाद्य पदार्थमा पाइने आवश्यक भिटामिन तथा खनिजले बालबालिकाको शारीरिक विकास, मस्तिष्कको कार्यक्षमता र समग्र स्वास्थ्यलाई सहयोग गर्ने अध्ययनमा उल्लेख छ।

अध्ययनका प्रमुख लेखक तथा फ्लिन्डर्स विश्वविद्यालयका अनुसन्धानकर्ता जेगेये अबेबे अबिटेवले बालबालिकामा सानै उमेरदेखि स्वस्थ खानपानको बानी विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार अतिरिक्त चिनी, नुन, स्याचुरेटेड फ्याट, रासायनिक पदार्थ तथा संरक्षक तत्त्व बढी भएका जंक फुडको सेवन सीमित गर्न आवश्यक छ। बाल्यकालमै स्वस्थ खानपानको बानी विकास गर्न सके त्यसले दीर्घकालीन स्वास्थ्य संरक्षणमा सहयोग पुर्‍याउन सक्ने उनको भनाइ छ।

अनुसन्धानकर्ताहरूले बालबालिका तथा किशोरकिशोरीको पोषण अवस्था सुधार गर्न लक्षित आहारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। साथै विद्यालय तथा समुदायमा पोषणसम्बन्धी शिक्षा विस्तार गर्न र स्वस्थ खाद्य पदार्थको मूल्यलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन आवश्यक रहेको उनीहरूले बताएका छन्।

विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले पनि पर्याप्त पोषणयुक्त खाना प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने अनुसन्धानकर्ताहरूको जोड छ। स्वस्थ खाद्य पदार्थको उपलब्धता र पहुँच सहज बनाउनुका साथै पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सके बालबालिकाको खानपानमा सुधार ल्याउन सकिने उनीहरूको भनाइ छ।

अनुसन्धानले बाल्यकालमा अपनाइने खानपानको बानी तत्कालीन स्वास्थ्यमा मात्र सीमित नभई भविष्यको शारीरिक तथा मानसिक स्वास्थ्यसँग समेत जोडिएको तथ्यलाई उजागर गरेको छ। त्यसैले बालबालिकालाई सानै उमेरदेखि पोषणयुक्त खाना खाने बानी बसाल्न र जंक फुडको सेवन नियन्त्रण गर्न आवश्यक रहेको अध्ययनले औँल्याएको छ। सिन्ह्वा

प्रकाशित: ३ मंसिर २०८३ ०९:३५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4h ago
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

फलफूल, तरकारी र साबुत अन्नको सट्टा चिनी, नुन र अस्वस्थ बोसोयुक्त खाना रोज्दा विकासशील उमेरमा जोखिम बढ्न सक्छ।

#बालबालिका #जङ्क #फुड
Compare →
Bizshala
16h ago
अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाल भित्रिँदै, मंसिर ६ गतेदेखि बौद्धमा पहिलो आउटलेट सञ्चालन हुने

अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाल भित्रिँदै, मंसिर ६ गतेदेखि बौद्धमा पहिलो आउटलेट सञ्चालन हुने

काठमाण्डौ । विश्वभर लोकप्रिय अमेरिकी फुड ब्रान्ड ‘आन्टी एन्स’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। सफ्ट प्रेट्जेलका लागि...

#फुड
Compare →
Onlinekhabar
1d ago
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

१ मंसिर, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ  । यसका लागि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा स्थानीय तहका वडाहरू सम्बन्धी …

#बालबालिका
Compare →
Hamro Patro News
1d ago
संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरद...

#बालबालिका
Compare →

Related Stories

World News
Build #2612