Trending
Prev Story
Next Story

बालबालिकाको अधिकारमा सम्झौता हुनुहुँदैन : मन्त्री बादी

Nagarik News •
November 20, 2026 • 07:48 AM
2
2 reads 0 reactions

बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने उनको जोड छ।

बालबालिकाको अधिकारमा सम्झौता हुनुहुँदैन : मन्त्री बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुर्व्यवहार अन्त्य गर्दै प्रत्येक बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यका सबै संयन्त्र र समाजका प्रत्येक पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छिन्।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवस (नोभेम्बर २०) का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले बालबालिकाको अधिकार संरक्षण गर्नु राज्यको संवैधानिक दायित्व र समाजको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।

बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने उनको जोड छ।

यस वर्ष ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने नाराका साथ मनाइँदै गरेको दिवसले बाल अधिकारको संरक्षण र प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैलाई प्रेरित गर्नुपर्ने मन्त्री बादीले बताइन्।

बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा ओसारपसार, यौन शोषण र विभेद अझै बालबालिकाका लागि गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले प्रविधिको विकाससँगै साइबर बुलिङ, अनलाइन दुर्व्यवहार र व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता नयाँ जोखिमसमेत बढिरहेको बताइन्।

यस्ता चुनौतीको सामना गर्न तीनै तहका सरकारबीच समन्वय र बाल संरक्षण प्रणालीको सुदृढीकरण आवश्यक रहेको उनको भनाइ छ।

विपद् प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षणलाई प्राथमिकता दिँदै सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयनमा ल्याएको पनि मन्त्री बादीले जानकारी गराइन्।

योजनाले सम्भव भएसम्म बालबालिकालाई आफ्नै जैविक परिवारमा सुरक्षित वातावरणमा हुर्कने अवसर सुनिश्चित गर्ने, परिवारमा आधारित स्याहारलाई प्रोत्साहन गर्ने र संस्थागत स्याहारलाई अन्तिम विकल्पका रूपमा मात्र अवलम्बन गर्ने लक्ष्य राखेको छ।

विपद्पश्चात् विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।

केन्द्रमार्फत बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायतका सेवा उपलब्ध गराइँदै आएको सन्देशमा उल्लेख छ।

यस्तै, मन्त्री बादीले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै उनीहरूको आवाज, विचार र सहभागिताको सम्मान गर्नुपर्नेमा जोड दिएकी छन्।

बाल अधिकारको संरक्षण सरकारको एकल प्रयासबाट सम्भव नहुने स्पष्ट पार्दै उनले परिवार, विद्यालय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र विकास साझेदारलाई सुरक्षित, बालमैत्री तथा विभेदरहित वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिन्।

बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्दै प्रत्येक बालबालिकाका लागि सुरक्षित, समावेशी र उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने मन्त्री बादीको सन्देश छ।

प्रकाशित: ४ मंसिर २०८३ १३:३३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्

१ मंसिर, काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ  । यसका लागि आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा स्थानीय तहका वडाहरू सम्बन्धी …

#बालबालिका #अधिकार
Compare →
Hamro Patro News
2d ago
संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

संविधानले पीडित मानेका बालबालिकालाई कानुनले कसुरदार बनायो : अधिवक्ता श्रेष्ठ

काठमाडौं। बालविवाह रोक्ने उद्देश्यले बनेका कानुनी व्यवस्थाले बालबालिकालाई नै अपराधीका रूपमा उभ्याउने अवस्था सिर्जना गरेको भन्दै कानुनमा सुधार गर्नुपर्ने आवाज उठेको छ। बालविवाहमा बालबालिकालाई कसुरद...

#बालबालिका #रूप
Compare →
Bizshala
20h ago
दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

दादुराबाट बच्न बालबालिकाको खोप नछुटाउन आग्रह

काठमाण्डौ । विभिन्न देशमा दादुराको संक्रमण पुनः बढ्न थालेपछि परिवार कल्याण महाशाखाले बालबालिकाको नियमित खोप...

#बालबालिका
Compare →
Ekantipur
1d ago
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

फलफूल, तरकारी र साबुत अन्नको सट्टा चिनी, नुन र अस्वस्थ बोसोयुक्त खाना रोज्दा विकासशील उमेरमा जोखिम बढ्न सक्छ।

#बालबालिका
Compare →

Related Stories

Politics & Governance
Build #2612