Trending
Prev Story
Next Story

६० औं सीएमए अवार्ड्स : १२ विधागत अवार्ड्सबाहेकका खराब र रोचक क्षणहरू

Ekantipur •
November 20, 2026 • 05:33 AM
4
4 reads 0 reactions

टेलर स्विफ्टको १३ वर्षपछिको पुनरागमनदेखि फेथ हिलको प्रतिक्रियासम्म उत्सव मनाउन लायक धेरै क्षणहरू रहे, जसका साथै केही टाउको समात्न बाध्य पार्ने असफलता र केही ‘अच्चमका’ क्षणहरू पनि घटित भए ।

६० औं सीएमए अवार्ड्स : १२ विधागत अवार्ड्सबाहेकका खराब र रोचक क्षणहरू

टेलर स्विफ्टको १३ वर्षपछिको पुनरागमनदेखि फेथ हिलको प्रतिक्रियासम्म उत्सव मनाउन लायक धेरै क्षणहरू रहे, जसका साथै केही टाउको समात्न बाध्य पार्ने असफलता र केही ‘अच्चमका’ क्षणहरू पनि घटित भए ।

काठमाडौँ — लेनी विल्सनले लगातार तेस्रो पटक ‘इन्टरटेनर अफ द इयर’ जित्दै सीएमए (कन्ट्री म्युजिक एसोसिएसन) इतिहास रच्न नसके पनि कन्ट्री म्युजिक एसोसिएसन अवार्ड्सकी सर्वश्रेष्ठ प्रस्तोताका रूपमा आफ्नो छवि बलियो बनाएकी छन् । ६० औं सीएमए अवार्ड्सको सञ्चालकका रूपमा यी नेसभिल स्टार पूर्ण रूपमा जमेकी थिइन् । उनको मोनोलग उत्कृष्ट थियो, प्रस्तुतिहरू आकर्षक थिए र मन्तव्य तथा समय तालिका लम्बिएर अनियन्त्रित हुन लाग्दा पनि उनी विचलित भएकी थिइनन् ।

टेलर स्विफ्टको १३ वर्षपछिको पुनरागमनदेखि फेथ हिलको प्रतिक्रियासम्म उत्सव मनाउन लायक धेरै क्षणहरू रहे, जसका साथै केही टाउको समात्न बाध्य पार्ने असफलता र केही ‘अच्चमका’ क्षणहरू पनि घटित भए ।

टेलर स्विफ्ट सीएमएको मञ्चमा यस्तो प्रस्तुतिसहित फर्किइन् जसले बितेको समयको अत्तोपत्तो नै हुन दिएन । ‘टोय स्टोरी ५’ को उनको रमाइलो गीत ‘आई न्यु इट, आई न्यु यु’ मा मात्र उनी सीमित भएको भए पनि माहौल खुसीको नै हुने थियो, तर उनी तिनै हुन् जसले ‘इरोस टुर’का आफ्ना सम्पूर्ण क्रु मेम्बरका लागि साता लगाएर हातले लेखिएका धन्यवाद पत्र पठाएकी थिइन् । अपेक्षाभन्दा माथि उठेर काम गर्नु नै उनको विशेषता हो ।

उनको प्रस्तुति ब्याकस्टेजबाट सुरु भएको थियो, जहाँ उनी लेनी विल्सन, ब्राड पेस्ले, एरिक चर्च, सुगरल्यान्ड र ब्रुक्स एन्ड डनलाई पछाडि छाड्दै, सनग्लास र काउबोय हृयाट लगाउँदै, ‘विस्परिङ बिल’ एन्डरसनबाट आफ्नो एकोस्टिक गिटार लिन पुगेकी थिइन् । मञ्चमा किथ अर्बनसँगै उनले आफ्नो २० वर्ष पुगेको पहिलो एल्बमको गीत ‘आवर सङ’ मा सहज रूपमा लय मिलाइन् । अन्त्यमा, स्विफ्ट ‘सिंगल अफ द इयर’ मा एला ल्यांग्लीसँग पराजित हुनुले कुनै फरक पारेन । उनी अन्ततः फर्किएकी थिइन् ।

रातको सबैभन्दा ‘आर–रेटेड’ (उत्तेजक) क्षण टकर वेस्टमोरले पियानो बेन्चसँग गरिरहेको हर्कत थियो, जुन तुलनात्मक रूपमा सुस्त र बालड (प्रेमगीत) ले भरिएको साँझमा झनै स्वागतयोग्य बन्यो ।

वेस्टमोरले ब्रास बाजाको साथमा दिएको ‘हु टोल्ड यु द्याट’ को ऊर्जावान् प्रस्तुति र त्यसपछि पियानोमा हान्क विलियम्स जुनियरको क्लासिक गीत ‘अल माइ राउडी फ्रेन्ड्स आर कमिङ ओभर टूनाइट’ को गायकी धेरैलाई मन पर्‍यो । पियानो बजाउँदा टोरी एमोसको जस्तै मुद्रा बनाएका उनले पछि बेन्च नै हटाइदिएका थिए । वेस्टमोर सरप्राइजले भरिएका छन्, गत बर्षको सीएमए फेस्टमा उनले अचानक ट्रम्पेट बजाएका थिए ।

कन्ट्री म्युजिकका पुराना हस्तीहरूमध्ये स्यामी करसका थुप्रै उत्कृष्ट हिट गीतहरू छन् । तर सुरुमा रेड कार्पेटमा हिंड्न र फोटो खिचाउन नदिएको भन्दै हंगामा मच्चाउनु अलि सुहाउँदो थिएन । त्यो फोटो खिच्ने अवसर मात्र थियो, ‘हल अफ फेम’ होइन । मूल शोका क्रममा करसलाई दिइएको अत्यधिक स्क्रिन टाइम अलि बढी नै भयो भन्ने भान हुन्थ्यो । तर अन्त्यमा उनले आफ्नो क्षण पाएको देख्दा खुसी लाग्यो । हलमा उपस्थित दर्शकहरू पनि यसमा सहमत देखिन्थे ।

स्टेफन विल्सन जुनियरको प्रेरणादायी जित

४७ वर्षको उमेरमा स्टेफन विल्सन जुनियर सीएमए अवार्ड्सको ‘न्यू आर्टिस्ट अफ द इयर’ बने । पूर्व वैज्ञानिक (उनी आफैंलाई ‘सुध्रिएको माइक्रोबायोलोजिस्ट’ भन्छन्) ले आफूभन्दा आधा उमेरका २२ वर्षीया एभरी आना जस्ता प्रतिस्पर्धीहरूलाई पछाडि पारे । विल्सनको जितले के सिद्ध गर्‍यो भने कन्ट्री म्युजिकमा व्यक्तिगत र वास्तविक कथा कति महत्वपूर्ण हुन्छ । सीएमएको मञ्चमा उभिनुअघि विल्सनले धेरै जीवन बाँचेका थिए, इन्डी–रक गिटारवादक, बक्सर, वैज्ञानिक र शोकाकुल छोरा । यी सबैले उनले बनाउने संगीतलाई मात्र नभई उनी बनेको (नयाँ) कलाकारलाई पनि आकार दियो ।

यति मिठो आवाज कि उनले दुई पटक गाउनुपर्‍यो । त्यो पनि यस्तो वर्षमा जहाँ यी निर्माता/गीतकार/लेबल सञ्चालकको आफ्नै कुनै एल्बम मनोनयनमा समेत थिएन । एला ल्यांग्लीसँग ‘स्नेक्सस्किन बुट्स’ को मुडी प्रस्तुति र केसी मुसग्रेभ्ससँग ‘होर्सेज एन्ड डिभोर्सेस’ को ठट्यौली जुहारीका लागि जोडिँदै लाम्बर्टले अवार्ड्स साँझलाई थप रोचक बनाएकी थिइन् । दिग्गजको दर्जामा पुग्दा पनि उनी पहिले जत्तिकै सक्रिय हुनुले झनै प्रभाव पार्छ ।

रंगभेदका हिसाबले यो एउटा स्तब्ध बनाउने तथ्यांक हो । यस वर्षको सीएमएमा कुनै पनि अश्वेत वा अन्य गैर–गोरा कलाकारहरू कुनै पनि विधामा मनोनीत भएनन् । र यो समस्या यो प्रसारणमा मात्र सीमित नभई अझ झांगिदै गएको देखिन्छ । अश्वेत कलाकारहरूले (खासगरी अश्वेत महिलाहरूले) प्रसारण समयको अत्यन्तै नगण्य अंश (एक प्रतिशतभन्दा पनि कम) मात्र पाउँछन्, जसले गर्दा सीएमएको मनोनयनमा पर्न असम्भव जस्तै हुन्छ । तर अनुभवी गोरा कलाकारहरूलाई रेड कार्पेटमा हिंड्न दिन संगठनले कसरी नियम बदल्यो भन्ने यसपटक देखियो ।

लाइफटाइम अचीभमेन्ट विजेतालाई नै विधागत अवार्ड पनि

‘मसँग बोल्ने शब्दहरू सकिएका छन्,’ ब्रुक्स एन्ड डनको ‘भोकल डुओ अफ द इयर’ पुरस्कार स्वीकार गर्दै किक्स ब्रुक्सले भने । यदि तपाईंले एउटै शोमा विधागत पुरस्कार र लाइफटाइम अचीभमेन्ट सम्मान (त्यसमाथि टेलर स्विफ्टको भाषणसहित) दुवै जित्नुहुन्छ भने, यसले मतदाताहरूलाई गम्भीर पुनरावलोकनको आवश्यकता रहेको संकेत गर्छ । यो ट्रफी अरू कसैलाई (खासगरी नयाँ संगीत निकालेका कलाकारलाई) दिने वा यो विधालाई नै पुनर्संरचना गर्ने समय आएको छ ।

लेनी विल्सनको महिला ब्यान्डसहितको प्रस्तुति

सम्बन्धमा महिलामाथि राखिने अपेक्षाहरूका बारेमा बनेको गीत प्रस्तुत गर्न महिलाहरूले नै भरिएको मञ्चभन्दा उत्तम तरिका अरू के हुन सक्छ ? ल्युक डिक र शेन म्याकअनालीसँग मिलेर लेखिएको विल्सनको नयाँ कामुक सिंगलका लागि उनले पूर्ण रूपमा महिला ब्यान्ड, स्ट्रिङ सेक्सन र ब्याकग्राउन्ड गायकहरूलाई समावेश गरी एउटा भव्य र भावुक क्षण सिर्जना गरिन् । यो सांगीतिक शैली विल्सनको आवाजका लागि सर्वोत्कृष्ट छ र उनले यसलाई नाटकीय वातावरणमा सुन्दर ढंगले प्रस्तुत गरिन् ।

‘मैले आज राति पहिलो पटक फेथ हिललाई भेटें,’ एला ल्यांग्लीले आफ्ना थुप्रै जितहरूमध्ये एकका क्रममा दर्शकहरूलाई भनिन् । ‘यो कति राम्रो कुरा हो ?’ सेलिब्रेटीहरू पनि हामी जस्तै हुन् । सीएमएको धेरै हाइलाइटहरूमध्ये एउटा प्रस्तुति, स्वीकारोक्ति भाषण वा च्याटजीपिटीको प्यारोडी थिएन ।

यो त ३० औं विवाह वर्षगाँठ मनाएका श्रीमान् टिम म्याकग्रोसँगै बसेकी ‘मिसिसिपी गर्ल’ फेथ हिलको समारोहप्रतिको प्रतिक्रियाको झलक थियो । उनी ब्रुक्स एन्ड डनप्रति हृयालेस्टोर्मको उग्र श्रद्धाञ्जलीको मजा लिइरहेकी थिइन् । उनी पुनः ल्यांग्लीतर्फ हेरेर मुस्कुराइरहेकी थिइन्, जसले आफू म्याकग्रोभन्दा हिललाई भेट्न बढी उत्सुक रहेको स्वीकार गरेकी थिइन् ।

हिलले दुई दशकभन्दा बढी समयदेखि कुनै नन–होलिडे एल्बम जारी गरेकी छैनन् (उनको अन्तिम एल्बम २००५ को ‘फायरफ्लाइज’ थियो) । तर सीएमएमा उनको यो उपस्थिति र गत महिना म्याकग्रोको ‘कन्ट्री म्युजिक हल अफ फेम’को प्रवेशले उनको पुनरागमन हुनसक्ने आशा जगाएको थियो ।

ब्रुक्स एन्ड डनलाई दिइएको ट्रिब्युट

ब्रुक्स एन्ड डनलाई ‘विली नेल्सन लाइफटाइम अचीभमेन्ट अवार्ड’बाट सम्मानित गर्नुअघि ‘बुट स्कुटन बुगी’ कभर गर्न नेसभिलका हार्ड–रोकरहरू ‘हृयालेस्टोर्म’लाई छनोट गर्नाले कन्ट्री म्युजिकका केही सर्कलहरूमा तरंग ल्याउनु स्वाभाविक थियो, र सोसल मिडियाले त्यस्तै प्रतिक्रिया दियो । सबैभन्दा बढी भाइरल बहस रोनी डनको गम्भीर अनुहारका क्लिपहरूमा केन्द्रित थियो ।

यद्यपि रोनीले आफ्नो करियरको अधिकांश समय यस्तै अभिव्यक्ति दिने गरेका छन् । तर यथार्थ जानेकाहरू, स्वयं रोनीसहित, यो जोडीसँग लेज्जी हेल र उनको टोलीको सम्बन्धबारे जानकार छन्, हृयालेस्टोर्मले बि एन्ड डिको ट्रिब्युट एल्बम ‘रिबुट २’ का लागि ‘बुट स्कुटन’ को स्टुडियो भर्सन रेकर्ड गरिसकेका छन् ।

ब्राड पेस्लेद्वारा सांगीतिक मोनोलगको पुनरुत्थान

प्रविधिका हिसाबले यो केही साता निकै हलचलपूर्ण रहृयो, माइक्रोसफ्ट आउटेज र हवाईजहाज ग्राउन्डेड हुने जस्ता घटनाहरू भए । र पूर्व सीएमए संचालक ब्राड पेस्लेले लेनी विल्सनलाई यी सबैसँग जुध्न मद्दत गर्न पुनरागमन गरे । ‘हामीले कन्ट्री म्युजिकमा सफ्टवेयर अपडेट जस्तै पुरानो रिफ्रेस बटन थिच्नुपर्छ,’ पेस्लेले भने । त्यसपछि उनी विल्सनसँगै डेटा सेन्टरहरू (‘आई एन्ट प्राउड टु बि अ डेटा माइनर्स डटर’), वेमोज र सोसल मिडियालाई व्यंग्य गर्ने गीतमा जोडिए । साथै उनीहरूले टेलर स्विफ्टको विवाह र नेसभिल विमानस्थलको नयाँ नामकरणको योजनाबारे पनि रमाइलो गरे । ‘हाम्रा कुर्कुच्चा बजाउँदै तीन पटक भनौं, ‘डोली पार्टन विमानस्थल’ विल्सनले नारा लगाइन् ।

सुस्त गीतहले दर्शकलाई निद्रा लाग्ने बनाए

डोली पार्टनको सम्मानमा भिन्स गिल र लेनी विल्सनले ‘आई विल अलवेज लभ यु’ (सर्वकालीन महान् कन्ट्री प्रेमगीत) को उत्कृष्ट जुहारी गाएर सिएमएको सुरुवात गरेका थिए । दर्शकका आँखा रसाउने विषयमा योभन्दा माथि कसरी जान सकिन्छ ? सकिंदैन । तैपनि, निर्माताहरूले प्रयास गरे र धेरै सुस्त वा कम्तीमा सुस्त गतिका प्रस्तुतिहरू समावेश गरे ।

कोलिन रायका फ्यान क्लब अध्यक्षले पनि यसलाई अलि बढी नै भन्न सक्थे । यसमा केही विशेष सुस्त गीतहरूको श्रृंखला समावेश थियो । ममफोर्ड एन्ड सन्सको ‘हियर’ (जसमा क्रिस स्टेपल्टन भएर पनि दर्शकलाई जगाउन सकेन) मेगन मोरोनीको ‘ब्युटिफुल थिङ्स’ र हल अफ फेमर टिम म्याकग्रोको ‘डोन्ट टेक द गर्ल’ । स्पष्ट भन्नुपर्दा, यी खराब प्रस्तुति थिएनन् तर कम ऊर्जावान् अवश्य थिए ।

(यस सामग्रीलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारबाट तयार पारिएको हो ।)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।

#केही #रूप
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612