Trending
Prev Story
Next Story

सीएमए अवार्ड्समा १३ वर्षपछि टेलर स्विफ्टको पुनरागमन, अवार्ड्समा एला ल्यांग्लीको दबदबा

Ekantipur •
November 19, 2026 • 02:02 AM
5
5 reads 0 reactions

यो वर्षको सीएमए अवार्ड्समा आलाबामा जन्मिएकी कन्ट्री गायिका एला ल्यांग्ली सबैभन्दा अगाडि देखिएकी छन् । आफ्नो चर्चित ट्रयाक ‘चुजिङ टेक्सास’ को सफलतासँगै उनी सर्वाधिक ९ विधामा मनोनीत भएकी हुन् ।

सीएमए अवार्ड्समा १३ वर्षपछि टेलर स्विफ्टको पुनरागमन, अवार्ड्समा एला ल्यांग्लीको दबदबा

यो वर्षको सीएमए अवार्ड्समा आलाबामा जन्मिएकी कन्ट्री गायिका एला ल्यांग्ली सबैभन्दा अगाडि देखिएकी छन् । आफ्नो चर्चित ट्रयाक ‘चुजिङ टेक्सास’ को सफलतासँगै उनी सर्वाधिक ९ विधामा मनोनीत भएकी हुन् ।

लास भेगास/नेभिल — संगीत नगरी नेभिलस्थित ‘ब्रिजस्टोन एरेना’ यतिबेला कन्ट्री संगीतको उत्सवमा झुमिरहेको छ । ६० औं वार्षिक ‘कन्ट्री म्युजिक एसोसिएसन (सीएमए) अवार्ड्स’ ले यस पटक कन्ट्री संगीतको परम्परागत लय मात्र पछ्याएको छैन, पप क्वीन टेलर स्विफ्टको ऐतिहासिक पुनरागमनले उत्सवमा बेग्लै रौनकता थपेको छ ।

१७ वर्षको उमेरमा सीएमएको इतिहासकै सबैभन्दा कान्छी ‘इन्टरटेनर अफ द इयर’ बनेर इतिहास रचेकी स्विफ्ट ठ्याक्कै १३ वर्षपछि फेरि यसै मञ्चमा सांगीतिक प्रस्तुति दिन फर्किएकी छन् । सन् २०१३ यता सीएमएको मञ्चमा सांगीतिक जादू नदेखाएकी स्विफ्टले यो वर्ष फिल्म ‘टोय स्टोरी ५’ को आफ्नो चर्चित गीत ‘आई न्यु इट, आई न्यु यु’ मार्फत ‘सिंगल अफ द इयर’ विधामा समेत मनोनयन पाएकी छन् । यस गीतका प्रोड्युसर ज्याक एन्टोनफले पनि सीएमएमा पहिलो पटक मनोनयन हात पारेका छन् ।

यो वर्षको सीएमए अवार्ड्समा आलाबामा जन्मिएकी कन्ट्री गायिका एला ल्यांग्ली सबैभन्दा अगाडि देखिएकी छन् । आफ्नो चर्चित ट्रयाक ‘चुजिङ टेक्सास’ को सफलतासँगै उनी सर्वाधिक ९ विधामा मनोनीत भएकी हुन् । अघिल्लो वर्ष ६ विधामा मनोनीत भएकी ल्यांग्लीले यो वर्ष आफ्नो गुरु मिरान्डा लम्बर्ट (७ मनोनयन) लाई समेत पछि पारेकी छन् ।

ल्यांग्लीले मुख्य विधा मानिने ‘इन्टरटेनर अफ द इयर’ मा कोडी जोन्सन, क्रिस स्टेपल्टन, ल्युक कोम्ब्स र लेइनी विल्सनसँग प्रतिस्पर्धा गर्दैछिन् ।

सीएमए अवार्ड्समा एला ल्यांग्ली ९ विधामा, मिरान्डा लम्बर्ट ७ विधामा, केसी मस्कग्रेभ्स र बेन वेस्ट समान ५–५ विधामा मनोनयनमा परेका छन् भने कोडी जोन्सन, क्रिस स्टेपल्टन, स्टेफन विल्सन जुनियर ४–४ विधामा प्रतिष्पर्धा गरिरहेका छन् ।

कन्ट्री म्युजिकका प्रख्यात जोडी ‘ब्रुक्स एण्ड डन’ लाई यस वर्षको ‘विली नेल्सन लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ । उनीहरूको सम्मानमा ब्रदर्स ओसबोर्न, हार्डी, ल्युक ब्रायन, मार्कस किङ र हेलेस्टोर्मले संयुक्त सांगीतिक प्रस्तुति दिएका थिए ।

त्यसैगरी, गत अगस्टमा क्यान्सरका कारण निधन भएकी कन्ट्री म्युजिककी अग्रज डली पार्टनको स्मृतिमा केसी मस्कग्रेभ्स, द रेड क्ले स्ट्रेज, ज्याक टप र टकर वेटमोरले श्रद्धाञ्जलीसहित प्रस्तुति दिए ।

समारोहको संचालन लगातार तेस्रो पटक गायिका लेइनी विल्सनले गरिरहेकी छन् । समारोहमा टिम म्याकग्र, भिन्स गिल, ममफोर्ड एण्ड सन्सजस्ता हस्तीहरूले स्टेज सेयर गरे पनि गायक कोडी जोन्सनले भने शारीरिक तथा मानसिक थकानका कारण अन्तिम समयमा आफ्नो प्रस्तुति रद्द गर्दै सहभागी भएनन् ।

नेभिलको ब्रिजस्टोन एरेनाबाट यतिबेला प्रत्यक्ष प्रसारण भइरहेको यो भव्य समारोहमा कन्ट्री म्युजिक एसोसिएसनका संगीत व्यवसायी, प्राविधिक तथा स्रष्टाहरूको मतदानका आधारमा विजेताहरू घोषणा भईरहेको छ ।

६० औं कन्ट्री म्युजिक एसोसिएसन (सीएमए) अवार्ड्स २०२६ को प्रत्यक्ष घोषणा तथा प्रारम्भिक नतिजा अनुसार सार्वजनिक भएका प्रमुख विधाका केही विजेतामा सिंगल अफ द इयर ‘चुजिङ टेक्सास’ का लागि एला ल्यांग्लीले जितिन् भने म्युजिक भिडियो अफ द इयरको उपाधी पनि यही गीतलाई नै प्रदान गरियो । अन्य विधाका विजेताको नाम घोषणा हुने क्रम जारी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?

हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?

समुदायको विश्वास जितेर वर्षौंदेखि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएका करिब ५० हजारको हाराहारीमा रहेका सीएमए/अहेब स्वास्थ्यकर्मीमाथि पछिल्लो समय भइरहेको चौतर्फी प्रहार, उनीहरूको पेसागत अधिकारम...

#सीएमए
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612