Trending
Prev Story
Next Story

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

Nagarik News •
November 16, 2026 • 12:56 PM
2
2 reads 0 reactions

सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन्।

शनिबार तथा सार्वजनिक बिदाका दिन अधिकांश स्वास्थ्य संस्थामा नियमित सेवा बन्द रहने गरेकामा भक्तपुरका केही अस्पतालले बिरामीको सहजताका लागि सेवा सञ्चालन गरिएको जनाएका छन्।

भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज सार्वजनिक बिदाका दिन पनि बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेका हुन्।

साथै भक्तपुर नगरपालिका–९ स्थित ख्वपः अस्पतालले भने नियमित रूपमा शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि सेवा दिँदै आएको छ।

सोमबार देशभर सार्वजनिक बिदा भए पनि यी तीनवटै अस्पतालले बिरामीको उपचारलाई निरन्तरता दिएका हुन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिन पनि अस्पतालले आवश्यक सेवा सञ्चालन गरेको बताए।

विशेष गरी कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र प्रत्यारोपणको तयारीमा रहेका बिरामीलाई नियमित औषधि सेवन, परीक्षण तथा चिकित्सकीय परामर्श आवश्यक पर्ने भएकाले बिदाका दिन पनि सेवा उपलब्ध गराइएको उनले जानकारी दिए।

उनका अनुसार प्रत्यारोपण गरेका बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने र स्वास्थ्य परीक्षण तथा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ।

सार्वजनिक बिदाका कारण अस्पतालको सेवा बन्द हुँदा त्यस्ता बिरामीलाई समस्या पर्न सक्ने भएकाले सकेसम्म सेवा निरन्तरता दिने प्रयास गरिएको हो।

उनले शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदाका दिन पनि अस्पतालले आवश्यकताअनुसार बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको जानकारी दिए।

अस्पतालले वार्षिक रूपमा सीमित सार्वजनिक बिदामा मात्रै सेवा बन्द गर्ने र अन्य बिदाका दिन बिरामीको आवश्यकतालाई प्राथमिकता दिएर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।

क्यान्सर तथा प्रत्यारोपणसम्बन्धी उपचार लामो समयसम्म निरन्तरता दिनुपर्ने र नियमित औषधि तथा परीक्षण आवश्यक पर्ने भएकाले बिरामीलाई बिदाका कारण उपचारबाट वञ्चित हुन नदिन अस्पतालले यस्तो व्यवस्था गरेको जनाएको हो।

यता भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले पनि वर्षभरि स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।

अस्पतालका निमित निर्देशक डा मजेश प्रताप मल्लले सार्वजनिक बिदाका दिन मात्रै नभई वर्षका ३६५ दिन बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइएको बताए।

उनका अनुसार बिरामीलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले बिदाका दिन पनि सेवा सञ्चालन गर्दै आएको छ।

आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीलाई सार्वजनिक बिदाका कारण समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले सेवा निरन्तरता दिएको उनले बताए।

प्रकाशित: ३० कार्तिक २०८३ १८:४१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदीलाई नियुक्त गरेको छ। नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्र...

#भक्तपुर #अस्पताल
Compare →
Onlinekhabar
8h ago
मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

मुगुम कार्मारोङमा १० करोडको अस्पताल बन्यो, बिरामी पुग्ने मोटरबाटो छैन

३० कात्तिक, सुर्खेत । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । तर, करोडौँ रुपैयाँ खर्चेर भवन निर्माण भए पनि त्यहाँसम्म पुग्ने सडक नहुँदा स्थानीयले …

#अस्पताल
Compare →
Ekantipur
1d ago
दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

दशकदेखि ट्रमा सेन्टरको पर्खाइमा धौलागिरि अस्पताल

२०७२ सालमा घोषणा गरिएको ट्रमा सेन्टर भवन, दरबन्दी र पूर्वाधार अभावका कारण अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

#अस्पताल
Compare →
Bizshala
3d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2612