Trending
Prev Story
Next Story

आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए

Ekantipur •
November 19, 2026 • 10:02 AM
2
2 reads 0 reactions

आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाले मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा उनीसँगै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए

आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाले मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा उनीसँगै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

हेटौंडा — आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाले गन्तव्यमा पुग्न नपाउँदै ज्यान गुमाएका छन् । बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित सुन्दरीमाई मन्दिर नजिक टाटासुमो दुर्घटना हुँदा बमबहादुरसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा उनका परिवारका पाँच जनासहित सात जना घाइते भएका छन् ।

त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैंसे सडकखण्डमा बिहान साढे ८ बजे ना. १ ज. २१४३ नम्बरको टाटासुमो दुर्घटनामा परेको थियो । सुमोमा चालकसहित १० जना सवार थिए ।

खेतीकिसानी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका बमबहादुर आफन्तका परिवारका सदस्यहरूसँगै नुवाकोट जाँदै थिए । रौतहटको चन्द्रपुर नगरपालिका–३ गौडाटारका उनी ५ आफन्तसहित काठमाडौं हुँदै नुवाकोट जान घरबाट निस्किएका थिए ।

दिदीका छोराको निधन भएपछि शुक्रबार हुने २१औं दिनको संस्कारमा सहभागी हुन उनीहरू हिँडेका थिए । आफन्तको दुःखमा साथ दिन घरबाट निस्किएका बमबहादुर आफैं भने गन्तव्यमा पुग्न पाएनन् ।

दुर्घटनामा बमबहादुरसँगै यात्रा गरिरहेका उनका आफन्त पाँच जना घाइते भएका छन् । घाइते हुनेमा उनका ५८ वर्षीय ससुरा कान्छाध्वज थिङ, १६ वर्षीया साली सुमिना थिङ, सुमिनाकी बहिनी निमा रुम्बा, १६ वर्षीया शिखा थिङ र ५५ वर्षीया हरिमाया थिङ छन् ।

दुर्घटनाका घाइतेमध्ये ६ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने चालक कालुमान लोप्चनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । चालक लोप्चनले सुन्दरीमाईको मोड काट्नेबित्तिकै निद्रा लागेपछि दुर्घटना भएको बताएका छन् ।

सडकबाट करिब सात मिटर तल खोलामा खसेर सुमो दुर्घटनामा परेको थियो । उक्त सुमो हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनामा बमबहादुरसहित चन्द्रपुर नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुषा लामाको मृत्यु भएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#मृत्यु #दुर्घटना
Compare →
Onlinekhabar
5h ago
भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटना अपडेट : तीन जनाको मृत्यु

३ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन …

#मृत्यु #दुर्घटना
Compare →
Arthasansar
3d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना
Compare →
Nagarik News
2d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#मृत्यु #दुर्घटना
Compare →

Related Stories

World News
Build #2612