Trending
Prev Story
Next Story

धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

Ekantipur •
November 19, 2026 • 10:02 AM
2
2 reads 0 reactions

एक करोड २० लाख रुपैयाँ लागतका प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवार लाभान्वित हुनेछन्।

धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

एक करोड २० लाख रुपैयाँ लागतका प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवार लाभान्वित हुनेछन्।

धनकुटा — धनकुटा बजारमा वितरण हुने खानेपानी शुद्धीकरणका लागि दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण गरिरहेका दुवै प्रशोधन प्रणालीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । एक करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका यी दुई छुट्टाछुट्टै प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ ।

प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवारले स्वच्छ खानेपानी पाउने संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले बताए । उनले भने, 'दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सञ्चालनमा आएपछि तीनवटा वडाका ११ सय परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ ।'

यसअघि निर्माण गरिएका साना क्षमताका पानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ पूर्वाधार निर्माण थालिएको महर्जनले बताए । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यलाई ध्यानमा राखेर खानेपानी पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको उनको भनाइ छ ।

धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब ४ हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर …

#खानेपानी #बजारमा
Compare →
Nagarik News
3h ago
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न ऋषि धमलाको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न ऋषि धमलाको माग

स्वतन्त्र नागरिक अभियानले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ।

#प्रणाली
Compare →
Bizshala
1d ago
विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

काठमाण्डौ । दुबईमा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा प्रणाली...

#प्रणाली
Compare →
Hamro Patro News
2d ago
कर प्रणाली सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार: प्रधानमन्त्री बालेन

कर प्रणाली सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार: प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कर प्रणाली केवल राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, द्रुत पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार भएको बत...

#प्रणाली
Compare →

Related Stories

Education & Youth
Build #2612