Trending
Prev Story
Next Story

चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

Ekantipur •
November 19, 2026 • 10:02 AM
2
2 reads 0 reactions

चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।

चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।

पर्सा — चीनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण र काँस्य पदक जित्न सफल वीरगन्जका तीन खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगन्जका तीनै जनाले पदक जितेका थिए । प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए । वीरगन्जकी अवन्तिका झाले तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् भने सान्वी शर्मा र अवन्सिका गुप्ताले काँस्य पदक हासिल गरेका थिए । प्रशिक्षक दिपेश मानन्धरका अनुसार प्रतियोगितामा सहभागी वीरगन्जका तीनै खेलाडीले पदक जित्न सफल भएका हुन् ।

खेलाडीहरूलाई सम्मान गर्दै महानगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगन्जको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएकोमा खुसी व्यक्त गरे । खेलाडीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको उल्लेख गर्दै उनले उनीहरूको मिहिनेत, लगनशीलता र प्रतिभाको प्रशंसा गरे ।

महानगर प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताए । खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै नगरको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबा...

#पदक #वीरगन्ज #चीन
Compare →
Onlinekhabar
55m ago
सीको प्रस्ताव- चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

सीको प्रस्ताव- चीन, अमेरिका र रुसले मिलेर वैश्विक चुनौतीको सामना गर्नुपर्छ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका, चीन र रुसले विश्वव्यापी चुनौतीको सामना गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् । चीनको सेन्जेनमा आयोजित एपेक सम्मेलनलाई सम्बोधन गर्दै सीले एपेक इतिहासबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै कठिन समयमा …

#चीन
Compare →
Bizshala
4h ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#वीरगन्ज
Compare →
Nagarik News
6h ago
चीनको शक्ति प्रदर्शन गर्न सी जिनपिंगले किन रोजे सेन्जेन सहर ?

चीनको शक्ति प्रदर्शन गर्न सी जिनपिंगले किन रोजे सेन्जेन सहर ?

दोस्रो विश्वयुद्धपछि पहिलोपटक विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेताहरू एकै ठाउँमा त्रिपक्षीय बैठकमा सहभागी हुन लागेका हुन्।

#चीन
Compare →

Related Stories

Sports
Build #2612