Trending
Prev Story
Next Story

भीमफेदी–देउराली सडकमा दुर्घटनाको जोखिम, पाँच वर्षयता ९२ दुर्घटनामा ३९ जनाको मृत्यु

Ekantipur •
November 17, 2026 • 12:32 PM
2
2 reads 0 reactions

साँघुरो, घुमाउरो तथा ठाडो उकालो–ओरालो रहेको भीमफेदीदेखि देउरालीसम्मको सडकमा चालु आर्थिक वर्षमा मात्रै ३० वटा सवारी दुर्घटना भएका छन्।

भीमफेदी–देउराली सडकमा दुर्घटनाको जोखिम, पाँच वर्षयता ९२ दुर्घटनामा ३९ जनाको मृत्यु

साँघुरो, घुमाउरो तथा ठाडो उकालो–ओरालो रहेको भीमफेदीदेखि देउरालीसम्मको सडकमा चालु आर्थिक वर्षमा मात्रै ३० वटा सवारी दुर्घटना भएका छन्।

हेटौंडा — कुलेखानी जलाशयमा छिटो पुग्न नेपाल विद्युत् प्राधिकरणले आफ्नै लगानीमा निर्माण गरेको भीमफेदी–चिसापानीगढी–देउराली हुँदै कुलेखानी ड्याम पुग्ने सडकमा दुर्घटना बढ्दै गएका छन्।

साँघुरो, घुमाउरो तथा ठाडो उकालो–ओरालो रहेको भीमफेदीदेखि देउरालीसम्मको सडकमा चालु आर्थिक वर्षमा मात्रै ३० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार २०७९ सालदेखि २०८३ साल कात्तिकसम्म उक्त सडक खण्डमा ९२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ भने २ सय २८ जना घाइते भएका छन्। २०७९ सालमा उक्त सडक खण्डमा चारवटा मात्र दुर्घटना भएका थिए। त्यस वर्ष दुई जनाको मृत्यु र १४ जना घाइते भएका थिए।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको हेटौंडा–भैंसे–भीमफेदी–देउराली हुँदै जाने सडकमा दैनिक १ हजार ५ सयभन्दा बढी सवारीसाधन आउजाउ गर्छन्। उक्त सडकको सबैभन्दा जोखिमयुक्त खण्ड भीमफेदीको चिसापानी पुलदेखि देउरालीसम्म छ। चिसापानी पुलदेखि देउरालीसम्मको करिब ७ किलोमिटर दूरीमा ४३ वटा साना–ठूला घुम्ती छन्।

७ किलोमिटर दूरीको उक्त सडकका २२ स्थानमा ‘वान वे’ मात्र छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले भने, ‘हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने यो छोटो मार्गको उक्त सडक खण्ड अत्यन्त जोखिमयुक्त छ। अधिकांश दुर्घटना यही ७ किलोमिटर सडकभित्र हुने गरेका छन्।’

विद्युत् प्राधिकरणले कुलेखानी जलाशयमा छिटो पुग्ने प्रयोजनका लागि भीमफेदी–चिसापानीगढी–देउराली हुँदै कुलेखानी ड्यामसम्म हलुका सवारीसाधन आउजाउ गर्न सक्ने सडक निर्माण गरेको थियो।

२०५२ सालपछि मात्र सर्वसाधारणका साना तथा हलुका सवारीसाधनलाई यो सडकमार्ग भएर आउजाउ गर्न खुला गरिएको थियो। साविक फाखेल गाविसका बासिन्दा वीरबहादुर लामा तत्कालीन जिल्ला विकास समितिका सभापति भएपछि जलस्रोत र स्थानीय विकास मन्त्रालयमा दबाब दिएर सर्वसाधारणका सवारीसाधनलाई आउजाउ गर्न अनुमति दिलाएका थिए। त्यसपछि प्राधिकरणले २०५२ साल फागुनदेखि उक्त सडकमा सर्वसाधारणका सवारीसाधनलाई आउजाउ गर्न छुट दिएको थियो।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्गका रूपमा कुलेखानी–सिस्नेरी–दक्षिणकाली र कुलेखानी–फाखेल–फर्पिङ सडक निर्माणका लागि सम्बन्धित गाविसले लगानी गरिरहेका थिए। स्थानीयवासीले श्रमदान गरेर पनि सडक निर्माणमा सहयोग गरेका थिए।

‘२०५२ सालमा विद्युत् प्राधिकरणले सर्वसाधारणका हलुका सवारीसाधनलाई आउजाउ गर्न दिएपछि सवारी दुर्घटना बढ्दै गएका हुन्,’ कुलेखानी जलविद्युत् आयोजनामा विगत ३२ वर्षदेखि काम गर्दै आएका गोपाल गुप्ताले भने, ‘हेटौंडाबाट भीमफेदी, देउराली, कुलेखानी हुँदै काठमाडौंसँग सडक जोडिएपछि दुर्घटना वर्षेनी बढ्दै गएको छ।’

प्राधिकरणले करिब एक अर्ब रुपैयाँ लगानीमा भीमफेदीदेखि कुलेखानी ड्यामसम्मको १६ किलोमिटर सडक निर्माण गरेको थियो। ‘भीमफेदीबाट उकालो लाग्दै देउरालीसम्म पुग्दा सवारीसाधन दुर्घटनामा परेका छैनन्,’ जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले भने, ‘देउरालीबाट भीमफेदीतर्फ आउने क्रममा सवारीसाधन दुर्घटनामा परेका छन्, जसले गर्दा धनजनको क्षति भएको छ।’

मंसिर २६ गते देउराली हुँदै हेटौंडातर्फ आउने क्रममा यात्रुवाहक विद्युतीय माइक्रोबस चिसापानीगढी नजिक दुर्घटना भएर सडकबाट ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भयो भने ६ जना घाइते भए।

उक्त सडक खण्डकै तल्लो जुरिखेतमा गत भदौ २ गते उच्च अदालत वीरगन्जका न्यायाधीश सवार गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो। दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भयो भने पाँच जना घाइते भए। पूर्वसचिव थानेश्वर गौतम चढेको गाडी पनि जुरिखेतमै दुर्घटना भएको थियो। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो।

‘भीमफेदीको चिसापानी पुलदेखि देउरालीसम्मको सडक अत्यन्त जोखिमयुक्त छ,’ आठ वर्षदेखि उक्त सडक हुँदै हेटौंडा–काठमाडौं टाटा सुमो चलाउँदै आएका हेटौंडा उपमहानगरपालिका–१९ का ४३ वर्षीय समशेर लामाले भने, ‘कुलेखानीको ड्यामको उकालो हुँदै देउराली आएपछि फेरि ओरालो झर्नुपर्छ। त्यति बेला गाडी तातेर ब्रेक लाग्न कठिन हुन्छ। त्यसैले चिसापानीगढी, जुरिखेतलगायत क्षेत्रमा सवारी दुर्घटना हुने गरेका छन्।’

काठमाडौंका तर्फबाट आएका सवारीसाधनलाई देउराली क्षेत्रमा केही समय रोकेर अगाडि बढाउने हो भने दुर्घटना नहुन सक्छ भन्ने उनको सुझाव छ। धेरै ट्रिप गर्ने लोभमा जोखिमयुक्त सडकमा गाडी कुदाउने गरिएको उनले बताए।

बागमती प्रदेश सरकारको मातहतमा रहेको उक्त सडकका मोड चौडा गर्ने, ढलान गर्ने र सडक फराकिलो बनाउने काम हुँदै आएको छ। ‘कठिन भूगोलका कारण सडक चौडा गर्न सकिएन। अर्कोतर्फ स्लोप बनाउन पनि सकिएन,’ बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक वरिष्ठ इन्जिनियर नवीन सिंहले भने, ‘यस्तो जोखिमयुक्त सडकमा नियमनकारी निकायले सवारीसाधनको आउजाउ नियन्त्रण गर्नुपर्छ।’

प्रदेश सरकारले भीमफेदीदेखि देउरालीसम्मको सडक अत्यन्त जोखिमयुक्त भएकाले भीमफेदी–कोगटे–ईपा हुँदै सिस्नेरी जाने सडक चौडा गरेर सञ्चालनमा ल्याउन लागेको छ। उक्त सडक तत्काल सञ्चालनमा आएपछि भीमफेदी–चिसापानीगढी–देउराली–कुलेखानी सडकमा सवारीसाधनको चाप कम पर्ने उनले बताए।

गत साता चिसापानीगढीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त मार्गमा राति सवारीसाधन आउजाउ गर्न रोक लगाएको छ। हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल वा सिस्नेरी भएर चल्ने सार्वजनिक सवारीसाधनको समयसमेत निर्धारण गरिएको छ।

हेटौंडामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौंडा–भीमफेदी–फाखेल वा सिस्नेरी छोटो दूरीको सडकमार्गमा राति सवारी चलाउँदा दुर्घटना बढेकाले त्यसलाई न्यूनीकरण गर्न समय निर्धारण गरेको हो।

सोमबारदेखि लागू हुने गरी हेटौंडाबाट बिहान साढे ५ बजे र भैंसे प्रहरी चेकपोस्टबाट ६ बजेसम्म सवारीसाधन पार भइसक्नुपर्ने व्यवस्था गरिएको छ। ६ बजेपछि सवारीसाधन भैंसेमै रोकिनेछन्। बिहान ५ बजेपछि मात्र उक्त रुट भएर राजधानी जाने सवारीसाधन अगाडि बढ्न पाउने व्यवस्था गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। ‘उक्त रुटमा राति सवारीसाधन सञ्चालन गर्दा भीमफेदीदेखि देउरालीसम्मको सडकमा धेरै दुर्घटना भएर धनजनको क्षति भएकाले दुर्घटना न्यूनीकरण गर्न गाडी चलाउने समय निर्धारण गरिएको हो,’ उनले भने। भैंसेदेखि देउरालीसम्मको रुट घुमाउरो, साँघुरो, ओरालो, भिरालो र अँध्यारो भएकाले दुर्घटना न्यूनीकरण गर्न बाध्य भएर राति सवारी सञ्चालनमा रोक लगाउनुपरेको सुरक्षा समितिले जनाएको छ।

हेटौंडा–भीमफेदी–काठमाडौं सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि बागमती प्रदेश सरकारले हेटौंडा–भीमफेदी–देउराली–हेभी सडक खण्ड चौडा गर्ने र आवश्यक सडक पुलको उचित व्यवस्थापन तथा निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउन निर्देशन दिएको छ।

उक्त कार्यका लागि आवश्यक स्रोत व्यवस्थापन भौतिक पूर्वाधार विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गर्ने र थप बजेट आवश्यक परे आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको प्रदेश विपद् व्यवस्थापन कोषबाट समेत व्यवस्थापन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

एकतर्फी सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्गका रूपमा भीमफेदी–कोगटेतर्फ मालवाहक सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ। त्यसका लागि रुट परमिट तथा पटके अनुमति व्यवस्थापन गर्न यातायात व्यवस्था कार्यालय, मकवानपुरलाई जिम्मेवारी दिने मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए।

हेटौंडा–भीमफेदी हुँदै काठमाडौं चल्ने सडकको मकवानपुर खण्डअन्तर्गत देउरालीको उपयुक्त स्थानमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रहरी चौकी व्यवस्थापन गर्न आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइएको छ। उक्त चौकीबाट मापसे/लापसेलगायत सवारी जाँच गर्ने जिम्मेवारी सुरक्षा निकायले पूरा गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रारा जाने सडकमा पर्यटक सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२९ कात्तिक, सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रारा ताल जाने पर्यटक बोकेर जाँदै …

#दुर्घटना #सडकमा #जनाको
Compare →
Hamro Patro News
1d ago
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवार र घाइतेसँग भेट

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा आफन्त र घाइतेहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले सोमबार सर्लाही पुगेर दुर्घटनाबाट प्रभावित परिवार तथा घ...

#दुर्घटना #भीमफेदी
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सुन्दरपुरमा, राहतका लागि पहल गर्ने

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सुन्दरपुरमा, राहतका लागि पहल गर्ने

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले मकवानपुरको भीमफेदी दुर्घटनामा आफन्त गुमाएका परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

#दुर्घटना #भीमफेदी
Compare →
Arthasansar
1d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Bizshala
2d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612