Trending
Prev Story
Next Story

फास्ट ट्र्याकमा निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’

Ekantipur •
November 17, 2026 • 12:32 PM
2
2 reads 0 reactions

महादेवटारमा समानान्तर रुपमा दुईवटा सुरुङ निर्माण गरिएकोमा निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किमिको सुरुङको ‘ब्रेक थ्रु’ भने भदौ दोस्रो साता भइसकेको छ ।

फास्ट ट्र्याकमा निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रुपमा दुईवटा सुरुङ निर्माण गरिएकोमा निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किमिको सुरुङको ‘ब्रेक थ्रु’ भने भदौ दोस्रो साता भइसकेको छ ।

काठमाडौँ — तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ हुने भएको छ । निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किमि छ।

महादेवटारमा समानान्तर रुपमा दुईवटा सुरुङ निर्माण गरिएकोमा निजगढबाट काठमाडौंतर्फ जाने ३.४८६ किमिको सुरुङको ‘ब्रेक थ्रु’ भने भदौ दोस्रो साता भइसकेको छ । यो सुरुङ नेपालको सबैभन्दा लामो रहेको सहायक रथी एवं सैनिक प्रवक्ता राजाराम बस्नेतले बताए । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म द्रुतमार्गको कुल दूरी ७०.९७७ किलोमिटर छ । जसमा समग्र सुरुङको मात्र दूरी ११.२ किमि रहेको छ । धेद्रे र लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएर अहिले फिनिसिङको काम भइरहेको छ । धेद्रे सुरुङको दूरी १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङको दूरी १ हजार ६ सय २३ मिटर छ । भित्रिने र बाहिरिने गरी चारवटा सुरुङ निर्माण गरिएको हो ।

यस्तै चन्द्राम भीर सुरुङको दूरी २ हजार २ सय ३७ मिटर छ । यसमा ७ सय ८० मिटर खनिसकिएको छ । ५ सय २० मिटरको सिसौटार सुरुङ ५३ मिटर खनिसकिएको छ । १ हजार ८७ मिटरको देवीचौर सुरुङ १ सय २३ मिटर खनिसकिएको सेनाले जनाएको छ । ५ सय ८३ मिटरको मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको सेनाले जनायो । निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको ९ वर्ष पुग्यो । तर प्रगति बल्ल आधा मात्र छ । सुस्त निर्माण गति, जग्गा विवाद र रुख कटानको काम समयमै नटुंगिदा अझै आयोजना सकिने छाँट छैन ।

सेनालाई दिएको जिम्मा २७ साउन २०७४ अनुसार मंसिर २०८१ मै यसको काम सकिनुपर्ने हो । तर काम नसकिएपछि दोस्रो पटक चैत २०८३ सम्म समय थपियो । पछिल्लो पटक चैत २०८६ सम्म म्याद थपिएको छ । खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या, यसको सुरु विन्दु कहाँ हुने र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ । यस क्षेत्रमा डीपीआरबमोजिम मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको जग्गा १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ । स्मार्ट सिटी, बाहिरी चक्रपथ, द्रुतमार्गसहितका आयोजना एकै ठाउँबाट बनाउँदा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले ती आयोजना एकै ठाउँमा बनाउन नहुने अडान लिँदै आएका छन् ।

द्रुतमार्गमा पर्ने ८९ पुलमध्ये ८५ को ठेक्का भएर काम भइरहेको छ । खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । ५ वटा पुलको निर्माण सकिइसकेको छ । आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन् । समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । गत भदौ मसान्तसम्म ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
सुरुङ सञ्चालनपछि नागढुङ्गा सडकखण्डमा ह्वात्तै घट्यो सवारी चाप

सुरुङ सञ्चालनपछि नागढुङ्गा सडकखण्डमा ह्वात्तै घट्यो सवारी चाप

नागढुङ्गा-सिस्नेखोला सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने सवारी आवागमन ह्वात्तै घटेको छ । काठमाडौंको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा सडकखण्डमा ...

#सुरुङ
Compare →
Nagarik News
1w ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#सुरुङ
Compare →
Onlinekhabar
1w ago
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को …

#सुरुङ
Compare →

Related Stories

World News
Build #2612