Trending
Prev Story
Next Story

घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

Ekantipur •
November 17, 2026 • 12:32 PM
2
2 reads 0 reactions

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकलमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो ।

घोप्टेभिरमा ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकलमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो ।

चितवन — घोप्टेभिरमा मंगलबार ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको कुरिनटार नजिक घोप्टेभिरमा दिउँसो सवा ३ बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि ढुंगा खसेको थियो ।

ढुंगाले लागेका कारण मोटरसाइकल चालकको निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र भुसन यादवले बताए । ढुंगाले लागेपछि सख्त घाइते भएका उनलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल पठाइएको थियो । चिकित्सकले पौने ५ बजेतिर उनलाई मृत घोषणा गरेको डीएसपी यादवले बताए ।

मृतकको साथमा रहेको लाइसेन्समा ललितपुर महानगरपालिका–२० घर भएका ६१ वर्षका गंगाराम महर्जन नाम उल्लेख भएको डीएसपी यादवले बताएका छन् । यसबारेमा थप बुझ्ने काम भइरहेको उनले जानकारी दिए । घोप्टेभिरमा तिहारको आसपासदेखि नै पटकपटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा काठमाडौं आउने–जाने यात्रुले ठूलो सास्ती पाएका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
23m ago
घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

१ मंसिर, चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुंगा खसेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० का ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) चन्द्रभूषण …

#ढुंगा #चालक #मृत्यु
Compare →
Nagarik News
1h ago
घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृ’त्यु

घोप्टेभीरमा सडक माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

#ढुंगा #चालक #मोटरसाइकल
Compare →
Bizshala
1d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक #काठमाडौं
Compare →
Hamro Patro News
1h ago
सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

सोमराजको मृत्यु प्रकरणमा दुई जना पक्राउ

ताप्लेजुङको फुङलिङमा मृत अवस्थामा फेला परेका सोमराज गुरुङको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा संलग्नता देखिएको भन्दै प्रहरीले दुई जनालाई पक्रा...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612