कोशीदेखि सुदूरपश्चिमसम्मका जिल्लामा नयाँ सभापति चयन भए पनि कर्णालीका डोल्पा र सुर्खेतमा अधिवेशन हुन बाँकी छ ।
काठमाडौं — कांग्रेस देउवा पक्षले देशभरका ४५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । ४५ जिल्लामा अधिवेशन भए पनि धादिङ र काठमाडौंमा भने उद्घाटन मात्रै भएको र नयाँ सभापति चयन भएका छैन ।
कोशी प्रदेशअन्तर्गत ताप्लेजुङमा अमरबहादुर सेन्दाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, धनकुटामा कमोट फागु, खोटाङमा रोजन राई, ओखलढुंगामा डेकराज भट्टराई र उदयपुरमा वसन्तकुमार बस्नेत जिल्ला सभापतिमा चयन भएका छन् ।
मधेश प्रदेशअन्तर्गत धनुषामा कोमलकान्त झा र बारामा राजेश राय यादव जिल्ला सभापति चयन भएका छन् ।
यस्तै, बागमती प्रदेशमा दोलखाबाट ताराकुमार खड्का, रसुवाबाट उपेन्द्र लम्साल, सिन्धुपाल्चोकबाट बालकृष्ण बस्नेत, काभ्रेपलाञ्चोकबाट रमेशप्रसाद हुमागाईं, चितवनबाट मिलनबाबु श्रेष्ठ र ललितपुरबाट सुदर्शन घिमिरे सभापतिमा निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशमा कास्कीबाट ऋषिराम काफ्ले, पर्वतबाट यमबहादुर मल्ल, स्याङ्जाबाट इन्द्रबहादुर गोदार, म्याग्दीबाट हिराबहादुर पुन र नवलपुरबाट अशोक बस्ताकोटी जिल्ला सभापति चयन भएका छन् ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुमा राजेश सिंह, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्युठानमा देवेन्द्र बर्मा, दाङमा गोपालराज शर्मा, बाँकेमा प्रमोदबहादुर श्रेष्ठ र बर्दियामा जग्गाप्रसाद पाण्डे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशमा पश्चिम रुकुमबाट नन्दबहादुर विष्ट, सल्यानबाट दीपक चन्द, जुम्लाबाट नेत्रकला शाही, मुगुबाट तिलक मल्ल, हुम्लाबाट सूर्यबहादुर शाही, कालिकोटबाट नगेन्द्र विष्ट, जाजरकोटबाट रामजंग शाह र दैलेखबाट दिनेशकुमार हमाल निर्वाचित भएका छन् । कर्णालीका १० जिल्लामध्ये डोल्पा र सुर्खेतमा भने अधिवेशन हुन बाँकी छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा बाजिसिंह खड्का, दार्चुलामा सुरेन्द्रराज अवस्थी, बैतडीमा वीरबहादुर विष्ट र डडेल्धुरामा डिल्लीराम जोशी जिल्ला सभापति चयन भएका छन् ।
प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।