Trending
Prev Story
Next Story

नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

Nagarik News •
November 16, 2026 • 12:42 PM
3
3 reads 0 reactions

नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस कोशीको सभापतिमा रायमाझीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस कोशी प्रदेशको सभापतिमा मोरङका रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्। सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रायमाझीले उम्मेदवारी घोषणा गरेका हुन्।

राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहेका रायमाझीले आफू लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेको र प्रदेशको उपसभापतिको जिम्मेवारीसमेत सम्हालिरहेकाले नेतृत्वमा दाबी स्वाभाविक भएको बताए।

पार्टीलाई नेतृत्व गरेर अघि बढाउने उद्देश्यले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ। रायमाझीले आफूले पार्टीको विभिन्न जिम्मेवारी र राष्ट्रियसभामा संसदीय दलको नेताका रूपमा समेत काम गरिसकेको उल्लेख गर्दै नेतृत्वका लागि आवश्यक अनुभव आफूसँग रहेको दाबी गरे।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै रायमाझीले आफूलाई सबै पक्षको साथ र सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन्।

रायमाझीका अनुसार कोशी प्रदेशमा करिब २ हजार ५ सय प्रतिनिधिहरू रहेको जानकारी दिए। उनका अनुसार कोशी प्रदेश अधिवेशन पुस महिना भित्रै हुनेछ।

प्रकाशित: ३० कार्तिक २०८३ १८:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
11h ago
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला सचिवमा जगन्नाथ दङ्गाल सहित २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो …

#सभापतिमा #कांग्रेस
Compare →
Bizshala
2h ago
स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

स्थानीय तह निर्वाचन चैत ५ भित्रै गर्नुपर्ने, मंसिर पहिलो साता मिति घोषणा गर्ने तयारी

काठमाण्डौ । सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी अघि बढाएको छ। निर्वाचन आयोगले वर्तमान...

#घोषणा
Compare →
Hamro Patro News
3h ago
महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्...

#कांग्रेस
Compare →
Ekantipur
5h ago
देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइराला चारतारे झण्डासहित १५औँ महाधिवेशनमा जुटेका छन् । के यो समानान्तर गतिविधि हो वा यो कानुनी नभई राजनीतिक विषय मात्रै हो ?

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612