Trending
Prev Story
Next Story

बंगलादेशका ब्याटिङ अलराउन्डर हुसेन लुम्बिनी लायन्समा अनुबन्ध

Ekantipur •
October 24, 2026 • 04:30 AM
1
1 reads 0 reactions

आक्रामक ब्याटिङ र अफ स्पिन गर्न सक्ने हुसेनले लुम्बिनीको मध्यक्रम तथा बलिङ दुवै विभागलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

बंगलादेशका ब्याटिङ अलराउन्डर हुसेन लुम्बिनी लायन्समा अनुबन्ध

आक्रामक ब्याटिङ र अफ स्पिन गर्न सक्ने हुसेनले लुम्बिनीको मध्यक्रम तथा बलिङ दुवै विभागलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को यो सिजनका लागि लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई अनुबन्ध गरेको छ । आक्रामक ब्याटिङ र अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लुम्बिनीको टोली थप बलियो हुने अपेक्षा गरिएको छ ।

हुसेन सन् २०२० मा बंगलादेशले आईसीसी यू–१९ विश्वकपको उपाधि जित्दा टोलीका सदस्य थिए । उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसैगरी, सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले डेब्यु गरेका थिए ।

घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा समेत प्रभावशाली प्रदर्शन गरेका हुसेनले बंगलादेश प्रिमियर लिगको सन् २०२४–२५ को सिजनमा चिट्टागङ किंग्सबाट खेल्दै ३ सय ५२ रन बनाएका थिए । उनको प्रदर्शनमा टोली फाइनलसम्म पुगेको थियो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने हुसेनले बलिङबाट पनि योगदान दिन सक्छन् ।

उनको अनुबन्धले एनपीएलको आगामी सिजनमा लुम्बिनी लायन्सको ब्याटिङ र अलराउन्ड क्षमता थप बलियो हुने क्लबको विश्वास छ ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लुम्बिनी लायन्सविरुद्ध कर्णालीले टस जितेर ब्याटिङ गर्ने

लुम्बिनी लायन्सविरुद्ध कर्णालीले टस जितेर ब्याटिङ गर्ने

काठमाडौ‌ : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा कर्णाली य...

#लुम्बिनी #ब्याटिङ #लायन्स
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
15h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#ब्याटिङ
Compare →
Arthasansar
17h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →

Related Stories

Sports
Build #2611