Trending
Prev Story
Next Story

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

Ekantipur •
October 24, 2026 • 04:30 AM
1
1 reads 0 reactions

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ।

इन्फान्टिनो फिफा अध्यक्षमा चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना

एएफसी अध्यक्ष शेख सलमानको समर्थनपछि एसियाली फुटबल इन्फान्टिनोको पक्षमा उभिएको छ, जसले आगामी मार्चको निर्वाचनमा उनको स्थिति मजबुत बनाएको छ।

काठमाडौँ — फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ । एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो ।

शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए ।

यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा शेख सलमानसहित युरोपेली फुटबल महासंघ (यूईएफए) का अध्यक्ष अलेक्जेन्डर सेफेरिन र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) का प्रमुख भिक्टर मोन्टाग्लियानीले इन्फान्टिनोको आलोचना गरेका थिए ।

उक्त प्रस्तावलाई लिएर विवाद चर्किएपछि इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठेको थियो । तर, एएफसीको पछिल्लो समर्थनले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा उनलाई चुनौती दिन अन्य उम्मेदवारका लागि बाटो कठिन बनेको छ ।

यसअघि अफ्रिकी फुटबल महासंघका ५४ सदस्य राष्ट्रको समर्थन पनि इन्फान्टिनोले प्राप्त गरिसकेका छन् ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2611