Trending
Prev Story
Next Story

चोटका कारण आर्सलनका बुकायो साकाले शनिबारको खेल गुमाउँदै

Ekantipur •
October 24, 2026 • 04:30 AM
1
1 reads 0 reactions

आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कम्मरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्।

चोटका कारण आर्सलनका बुकायो साकाले शनिबारको खेल गुमाउँदै

आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कम्मरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्।

काठमाडौँ — आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कमरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्।

२५ वर्षीय साकालाई बुधबार बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग खेलमा चोट लागेको थियो। उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलको १०औँ मिनेटमा चोट लागेपछि उनी मैदान छाड्न बाध्य भएका थिए।

आर्टेटाका अनुसार साकाको जाँघमा तरल पदार्थ जमेकाले चोटको गम्भीरता तत्काल यकिन गर्न कठिन भएको छ। उनको एमआरआईसहित थप परीक्षण गरिनेछ।

विशेषज्ञ चिकित्सकको रायपछि मात्रै चोटको अवस्थाबारे स्पष्ट हुने आर्टेटाले बताएका छन्। खेलाडीको व्यस्त खेलतालिकाप्रति पनि आर्टेटाले चिन्ता व्यक्त गरेका छन्।

लगातारका खेलले खेलाडीमाथि शारीरिक दबाब बढाइरहेको भन्दै उनले सम्बन्धित निकायलाई खेलाडीको स्वास्थ्यमा थप ध्यान दिन आग्रह गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6h ago
मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् ...

#शनिबार
Compare →

Related Stories

Sports
Build #2611