Trending
Prev Story
Next Story

४५ मिनेटको सहमति, १२ मिनेटमै छाडेको आरोप : अञ्जलीसँग आयोजकले मागे एक करोड २० लाख

Nagarik News •
October 24, 2026 • 03:36 AM
1
1 reads 0 reactions

कोठाको ढोकाको घण्टी बारम्बार बजाइएको र फोटो खिच्न भन्दै मानिसहरू कोठामा आउँदा आफू असहज भएको उनले बताएकी थिइन्। आयोजक पक्षले भने सुरक्षा व्यवस्थासम्बन्धी उनका आरोप अस्वीकार गरेको छ।

४५ मिनेटको सहमति, १२ मिनेटमै छाडेको आरोप : अञ्जलीसँग आयोजकले मागे एक करोड २० लाख

सोसल मिडिया इन्फ्लुएन्सर तथा अभिनेत्री अञ्जली अरोरालाई भारतको कानपुरमा आयोजित ‘नगाडा नाइट्स’ कार्यक्रमका आयोजकले एक करोड २० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति माग गर्दै ‘लिगल नोटिस’ पठाएका छन्।

निर्धारित समयभन्दा ढिलो प्रस्तुति दिएको र सहमतिअनुसार पूरा समय स्टेजमा नबसेको आयोजकको आरोप छ। यस विवादमा दुवै पक्षले आ-आफ्ना दाबी सार्वजनिक गरेका छन्।

आयोजकका अनुसार अक्टोबर १५ मा आयोजित कार्यक्रममा अञ्जलीले ४५ मिनेट प्रस्तुति दिने सहमति भएको थियो। तर, उनले करिब १२ मिनेटमै स्टेज छाडेको आयोजकको आरोप छ। उनीहरूले यस विषयमा प्रहरीमा उजुरी दिँदै एफआईआर दर्ता गर्न पनि माग गरेका छन्।

आयोजकका अनुसार अञ्जलीको प्रस्तुति शुल्क तीन लाख भारतीय रुपैयाँ तय भएको थियो। उनीहरूले दुई लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको र अञ्जलीसहित उनको टोलीको हवाई यात्रा, बसोबास तथा खानाको खर्चसमेत बेहोरेको बताएका छन्।

कार्यक्रमपछि प्रायोजकले भुक्तानी रोकेकाले करिब २० लाख भारतीय रुपैयाँ आर्थिक क्षति भएको उनीहरूको दाबी छ। आयोजकले आर्थिक क्षतिसँगै आफ्नो व्यावसायिक प्रतिष्ठामा पुगेको असरका लागि पनि क्षतिपूर्ति माग गरेका छन्।

कार्यक्रमका आयोजकमध्येका अमन निगमले ‘कच्चा बदाम’ गीत बजाउँदा अञ्जली असन्तुष्ट भएको र व्यवस्थापन टोलीसँग विवाद भएपछि स्टेज छाडेको आरोप लगाएका छन्। यही गीतले अञ्जलीलाई सामाजिक सञ्जालमा व्यापक पहिचान दिलाएको थियो। तर, अञ्जलीले गीतप्रति आफ्नो कुनै आपत्ति नरहेको स्पष्ट पारेकी छन्।

अक्टोबर १९ मा इन्स्टाग्राममा लगातार तीन भिडियो सार्वजनिक गर्दै अञ्जलीले कार्यक्रमका क्रममा आफ्नो सुरक्षा र व्यक्तिगत गोपनीयतामा ध्यान नदिइएको आरोप लगाएकी थिइन्। उनका अनुसार होटल पुगेपछि धेरै मानिस उनको कोठासम्म आएका थिए।

कोठाको ढोकाको घण्टी बारम्बार बजाइएको र फोटो खिच्न भन्दै मानिसहरू कोठामा आउँदा आफू असहज भएको उनले बताएकी थिइन्। आयोजक पक्षले भने सुरक्षा व्यवस्थासम्बन्धी उनका आरोप अस्वीकार गरेको छ।

अञ्जलीले कानपुरका बासिन्दालाई अपमान गर्ने आफ्नो उद्देश्य नरहेको पनि स्पष्ट पारेकी छन्। उनका अनुसार कार्यक्रमस्थलमा भएको व्यवहारप्रति असन्तुष्टि जनाउँदा आफ्नो भनाइलाई गलत अर्थ लगाइएको हो। उनले आफ्नो आपत्ति सहरका सबै बासिन्दाप्रति नभई आफूलाई असहज बनाउने व्यक्तिहरूप्रति लक्षित रहेको बताएकी छन्।

यसैबिच, अञ्जलीले पनि अक्टोबर २२ मा आयोजकलाई ‘लिगल नोटिस’ पठाएको बताइएको छ। उनले अब सामाजिक सञ्जालमा विवादबारे थप बहस नगरी कानुनी माध्यमबाट जवाफ दिने बताएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले अहिलेसम्म एफआईआर दर्ता गरेको पुष्टि भएको छैन।

प्रकाशित: ७ कार्तिक २०८३ ०९:२१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
सुदूरपश्चिमका खेलाडीले मैदान छाडे, टस हुनुपर्ने दर्शकको माग

सुदूरपश्चिमका खेलाडीले मैदान छाडे, टस हुनुपर्ने दर्शकको माग

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्सका खेलाडीले शनिबार (कात्तिक १४) बेलुका मैदान छाडेका छन् । विराटनगर किंग्सविरुद्धको खेलमा ढिलाइ भएपछि उनीहर...

#छाडे
Compare →
Onlinekhabar
2d ago
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#अञ्जली
Compare →
Ekantipur
2d ago
असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

#मिनेट
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#मिनेट
Compare →

Related Stories

World News
Build #2611