Trending
Prev Story
Next Story

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

Ekantipur •
November 11, 2026 • 09:31 AM
1
1 reads 0 reactions

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

काठमाडौं — असिनापानीका कारण धावनमार्ग अवरुद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो ५५ मिनेट बन्द भएको छ।

विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बुधबार दिउँसो १ बजेर ४७ मिनेटमा बन्द भएको विमानस्थल २ बजेर ४२ मिनेटमा पुनः सञ्चालनमा आएको हो।

असिनापानीका कारण धावनमार्गको करिब १ हजार ५०० मिटर खण्ड अवरुद्ध भएको थियो। विमानस्थलको ब्राभो ट्याक्सीवेबाट उत्तरतर्फ रनवे ०२ को बिन्दुसम्म असिना जमेर धावनमार्ग चिप्लो भएपछि उडान तथा अवतरण रोकिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

विमानस्थल बन्द हुँदा अवतरणका लागि आएका दुई अन्तर्राष्ट्रिय उडान अन्यत्र डाइभर्ट भएका छन्। शारजहाबाट आउदै गरेको एयर अरेबियाको जी९ ५३२ उडान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको बनारस डाइभर्ट भएको छ। त्यसैगरी दुबईबाट आएको फ्लाई दुबईको विमान पनि अवतरण हुन नसकेपछि भारतको लखनउ डाइभर्ट भएको छ। अन्य आन्तरिक विमान लामो होल्डपछि पुन: अवतरण हुने क्रम सुरु भएको छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार असिना हटाउन र धावनमार्ग सञ्चालनयोग्य बनाउन रेस्क्यु एन्ड फायर फाइटिङ (आरएफएफ) को दमकल प्रयोग गरेर पानी छर्केर सफा गरिएको छ ।

विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार असिना हटाउन विमानस्थलसँग छुट्टै उपकरण छैन। असिना जमेर धावनमार्ग चिप्लो बनेपछि सुरक्षित उडान तथा अवतरणका लागि विमानस्थल बन्द गर्नुपरेको हो। विमानस्थलमा मौसमको दृश्यता करिब ४ हजार मिटर रहेको र मध्यम वर्षा भइरहेकाले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अनुसार उडान सञ्चालन भइरहेका छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो। ...

#विमानस्थल #त्रिभुवन #मिनेट
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#विमानस्थल #धावनमार्ग #त्रिभुवन
Compare →
Onlinekhabar
1w ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#विमानस्थल #त्रिभुवन
Compare →
Nagarik News
1w ago
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#विमानस्थल #त्रिभुवन
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#मिनेट
Compare →

Related Stories

Technology
Build #2611