Trending
Prev Story
Next Story

दुई मिनेटको बाटो पार गर्न दुई घन्टा

Nagarik News •
November 13, 2026 • 02:29 AM
1
1 reads 0 reactions

पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घन्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

दुई मिनेटको बाटो पार गर्न दुई घन्टा

काभ्रेको रोसी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका– ५ डाँडागाउँबेसी तथा तेमाल गाउँपालिकाका बासिन्दालाई जोड्ने रोसी खोलामा मोटर चल्ने पुल नहुँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

बनेपा–बर्दिबास सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा आवतजावतका लागि झोलुंगे पुल मात्रै हुँदा नमोबुद्ध नगरपालिका– ५ र तेमाल गाउँपालिकाका बासिन्दा वर्षाैदेखि प्रत्यक्ष प्रभावित भएका छन्।

पक्की पुल नहुँदा स्थानीयले दुई मिनेटमै पार गर्न सकिने दूरीका लागि पनि सवारीसाधनबाट करिब दुई घन्टा घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। मोटरबाटो भएर रोसी खोला वारपार गर्न बिपी राजमार्गअन्तर्गत १० किलोमिटर टाढको भकुन्डेबेसी बजार पुग्नुपर्छ। त्यहींको पुल भएर फेरि १० किलोमिटर पार गरेपछि नमुबुद्ध नगरपालिका– ५ डाँडागाउँबेसी पुगिन्छ। यसकारण बिरामी पर्दा एम्बुलेन्ससमेत सहज रूपमा गाउँसम्म पुग्न नसक्ने अवस्था रहेको स्थानीयको दुःखेसो छ।

स्थानीय धन तामाङ बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स लैजाने एउटा पुलको माग स्थानीयले वर्षाैेंदेखि गरिरहेको सम्झन्छन्। उनका अनुसार दैनिक आवतजावतदेखि कृषि उपज बजारसम्म पुर्‍याउनसमेत पुल अभावले समस्या सिर्जना गरेको छ। उनका अनुसार अहिले स्थानीयले झोलुंगे पुलकै भरमा खोला वारपार गर्नुपरेको छ।

झोलुंगे पुलबाट मोटरसाइकलसमेत सहज रूपमा वारपार गर्न सकिँदैन। मोटरसाइकललाई पुलसम्म पुर्‍याउन सिँढीमा दुई–चार जना मिलेर बोकेर लैजानुपर्ने अवस्था छ। त्यसपछि मात्रै पुल हुँदै वारपार गराउन सकिने अवस्था त्यहाँ छ। यसले स्थानीयको दैनिक जीवनयापन थप कठिन बनाएको छ।

स्थानीय सोनम लामा पुल नहुँदा स्थानीय कृषि उत्पादन बजारसम्म पुर्‍याउन पनि कठिनाइ भइरहेको बताउँछन्। उत्पादन गरेको तरकारी तथा अन्य कृषिउपज समयमै बजार पुर्‍याउन नसक्दा किसानले समस्या भोग्नुपरेको उनको भनाइ छ।

आपत्कालीन अवस्थामा बिरामी ओसारपसार गर्नसमेत कठिन हुने भएकाले स्थानीयले मोटर चल्ने पुल निर्माणलाई आवश्यक पूर्वाधारका रूपमा लिएका छन्। यस क्षेत्रमा पुल निर्माणका लागि स्थानीय समाजसेवी एवं उज्यालो नेपाल पार्टीका नेता मिन्दु लामाले लामो समयदेखि पहल गर्दै आएको बताउँछन्।

पुल निर्माणको माग गर्दै सम्बन्धित निकायमा निरन्तर ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ। नमोबुद्ध नगरपालिकाका उपप्रमुख रत्नबहादुर लामाले उक्त स्थानमा बेलिब्रिज निर्माणको तयारी भइरहेको बताएका छन्।

नेपाल सरकारले पुल निर्माणको तयारी चलिरहेको उनले बताए। ‘तिहारपछिबाट काम सुरु हुन्छ’, उनले भने, ‘त्यसका लागि झन्डै पाँच करोड रुपैयाँ बजेट व्यवस्था गरिएको छ। पुल निर्माणका लागि ठेक्कासमेत लागिसकेको उनले जानकारी दिए।

बेलिब्रिज निर्माण प्रक्रिया अघि बढेपछि वर्षौंदेखि पुल अभाव झेल्दै आएका नमोबुद्ध– ५ र तेमाल गाउँपालिकाका बासिन्दाले सहज आवागमनको सुविधा पाउने अपेक्षा गरेका छन्। हालको यहाँको झोलुंगे पुल भने एक दशकअघि बनेको स्थानीयले जनाएका छन्।

प्रकाशित: २७ कार्तिक २०८३ ०८:१४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

#मिनेट
Compare →
Onlinekhabar
3d ago
जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ …

#मिनेट
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#मिनेट
Compare →

Related Stories

Technology
Build #2611