Trending
Prev Story
Next Story

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

Onlinekhabar •
November 10, 2026 • 01:00 PM
1
1 reads 0 reactions

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ …

जेन्सेन ह्वाङले ३० मिनेटमै गुमाए ७.४ अर्ब डलर, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे

एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्।

लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ स्थानमा झरेका छन्।

चीनको गुप्तचर संस्थाका लागि काम गरेको आशङ्का गरिएकी एक कार्यकारीसँगको प्रेम सम्बन्धपछि ह्वाङ जासुसीको निशाना बनेको भन्ने प्रतिवेदनहरूमाथि कम्पनीको सञ्चालक समितिले अनुसन्धान सुरु गरेपछि सोमबार एनभिडियाको सेयर पनि ४.३ प्रतिशतले घटेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध चिनियाँ एजेन्टसँग ह्वाङको सम्बन्धबारे एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन्। तर, उनले एआईको विकासमा सहयोग पुर्‍याएका यी कार्यकारीले चिन्ता लिनुपर्ने कुनै कारण छ भन्ने आफूलाई नलागेको बताएका छन्।

‘मलाई थाहा छ एफबीआईले यसलाई अर्कै सन्दर्भमा हेरिरहेको छ, र मलाई लाग्छ उनी सही स्थितिमा रहनेछन्,’ ह्वाङ ह्वाइट हाउसको ब्रिफिङमा ट्रम्पले भने।

ह्वाङ सबैभन्दा शक्तिशाली प्रविधि नेताहरूमध्ये एक हुन्, र ट्रम्पसँग उनको निकट सम्बन्ध छ। विगतमा, उनले चीनसहित विश्वभर चिप्स बिक्री गर्ने एनभिडियाको क्षमतामाथिको प्रतिबन्ध हटाउन आह्वान गरेका छन्।

जेन्सेन ह्वाङको अनैतिक सम्बन्धलाई लिएर विवाद

एनभिडियाका सीईओ वरपरको विवाद ह्वाङले आइतबार आफ्नी पत्नीप्रति अविश्वासी रहेको स्वीकार गर्दै आफ्ना कार्यहरूको ‘पूर्ण जिम्मेवारी’ लिएपछि सतहमा आएको हो। गत महिना, द न्युयोर्क टाइम्सले गरेको रिपोर्ट अनुसार, ह्वाङको सिङ्गापुरस्थित कम्पनी मेगास्पीडकी पूर्व कार्यकारी (जसको उनीसँग कुनै पारिवारिक सम्बन्ध छैन) एलिस ह्वाङसँग सम्बन्ध थियो । जसलाई अमेरिकी अधिकारीहरूले अनुसन्धान गरी चिनियाँ गुप्तचर सम्पत्ति (इन्टेलिजेन्स एसेट) भएको निष्कर्ष निकालेका थिए।

‘म मेरो पत्नीप्रति अविश्वासी भएँ। मेरो व्यवहारले उनी र हाम्रा बालबच्चालाई चोट पुर्‍याएको छ। मैले जे गरेँ त्यसका लागि कुनै बहाना हुन सक्दैन। म गहिरो दुःख व्यक्त गर्दछु,’ ह्वाङले एनभिडियामै काम गर्ने आफ्ना दुई सन्तान, छोरी म्याडिसन ह्वाङ र छोरा स्पेन्सर ह्वाङसहित कर्मचारीहरूलाई पठाएको सन्देशमा लेखेका छन्।

एनभिडियाले उनलाई संदिग्ध चिनियाँ जासुससँग जोड्ने प्रतिवेदनहरूबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। एनभिडियाले यस विषयमा जारी अनुसन्धानका क्रममा ह्वाङ सीईओकै रूपमा निरन्तर रहने जनाएको छ।

‘मैले जे गरेँ र त्यसबाट जुन चोट पुग्यो । म त्यसको पूर्ण जिम्मेवारी लिन्छु । यससँगै आउने आलोचनाहरूलाई स्वीकार गर्छु,’ ह्वाङले थपे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
जेन्सेन ह्वाङको बहिर्गमनपछि एनभिडियाको वर्चस्वमा धक्का, प्रतिस्पर्धी चिप कम्पनीको सेयरमा उछाल

जेन्सेन ह्वाङको बहिर्गमनपछि एनभिडियाको वर्चस्वमा धक्का, प्रतिस्पर्धी चिप कम्पनीको सेयरमा उछाल

एजेन्सी । प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङको राजीनामापछि एनभिडियामा देखिएको नेतृत्व संकटले उसका प्रमुख प्रतिस्पर्धी र साझेदार कम्पनीहरूका लागि नयाँ अवसरको ढोका खोलिदिएको छ । ह्वाङको बहिर्गमनस...

#ह्वाङ #जेन्सेन
Compare →
Bizshala
3d ago
एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको अनुमानित खुद सम्पत्ति ६...

#डलर #सूची #स्थान
Compare →
Nagarik News
12h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#जेन्सेन
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#ह्वाङ
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

#जेन्सेन
Compare →

Related Stories

World News
Build #2611