Trending
Prev Story
Next Story

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

Ekantipur •
November 12, 2026 • 01:02 PM
1
1 reads 0 reactions

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

एनभिडियाका सीईओ जेन्सेन हुआङसँग विवाहेत्तर सम्बन्धमा रहेकी एलिस हुआङ को हुन् ?

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

काठमाडौँ — गुलाबी पहिरन र हातमा वाइनको ग्लास । कतै सेतो कोटमा मुस्‍कान । अहिले एलिस हुआङका यस्‍ता धेरै तस्बिरहरु इन्टरनेटमा भाइरल छन् ।

एआई कम्पनीहरुका लागि चिप्स निर्माण गर्दै आएको विश्‍वचर्चित कम्पनी एनभिडियाका कम्पनीका सीईओ जेन्सेन हुआङसँगको उनको विवाहेत्तर प्रेम सम्बन्ध सार्वजनिक भएसँगै एलिस विवाद र चर्चामा तानिएकी हुन् ।

जेन्सेनले सम्बन्‍धमा रहेको स्विकार्दै यसले परिवारमा गहिरो चोट पुर्‍याएको बताएका छन् र परिवारसँग माफी मागेका छन् । तर, एलिससँगको सम्बन्धले अमेरिकी राष्ट्रिय सुरक्षामा खलल पुर्‍याएको आरोपबारे आफ्नो विज्ञप्तिमा केही पनि उल्लेख गरेका छैनन् ।

तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।

वैवाहिक धोकाधडी, रहस्य र जासुसीको गम्भीर आरोपले भरिएको यो कथाले प्रविधि र राजनीतिक दुवै क्षेत्रलाई हल्लाइदिएको छ । तर, ती महिलाको जीवनयात्रा र विश्वको एक शक्तिशाली प्रविधि कम्पनीका प्रमुखसँग उनको सामीप्य कसरी बढ्यो भन्ने विषय अझै पनि अनुत्तरित नै छ ।

गत महिना ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक रिपोर्टपछि ‘एलिस हुआङ’ (जसलाई हुआङ लि पनि भनिन्छ) रातारात चर्चामा आएकी हुन् । रिपोर्टमा उनले एनभिडियाका प्रमुखसँग घनिष्ठ सम्बन्ध बनाएको र बेइजिङलाई संवेदनशील सूचनाहरू चुहाएको दाबी गरिएको थियो ।

एलिस हुआङ चीनले जासुसी गर्न खटाएकी एजेन्ट रहेको निष्कर्ष अमेरिकी गुप्तचर अधिकारीहरुले गरेको दाबी उक्त समाचारमा थियो । तथापि, बेइजिङले भने यी सबै आरोपहरूलाई ‘निराधार’ र ‘चीनविरुद्धको बदनाम गर्ने षड्यन्त्र’ भन्दै खारेज गरिसकेको छ ।

चीनमा टेलिभिजन रिपोर्टरको रूपमा काम गरिसकेकी एलिस हुआङ सन् २०२३ मा सिंगापुरस्थित ‘मेगास्पिड’ कम्पनीमा निर्देशक बनेकी थिइन् ।

आफूलाई ‘एनभिडियाको क्लाउड पार्टनर’ बताउने यो कम्पनीमाथि चीनमा ठूलो मात्रामा उन्नत चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अमेरिकाले चीनमाथि संवेदनशील चिप्सको निर्यात प्रतिबन्ध लगाएकाले उन्नत चिप्सको निर्यात अमेरिकी कानुनअनुसार अवैधानिक मानिन्छ ।

मेगास्पिड कम्पनीको यात्रा पनि आफैंमा रहस्पूर्ण छ । कम्पनी दर्ता कागजातहरू अनुसार, यो संस्था सन् २०१५ मा ‘ सेभेन रोड इन्टरनेसनल’ को रूपमा सिंगापुरमा स्थापना भएको थियो । पछि सन् २०२३ को मार्चमा यसको नाम परिवर्तन गरेर ‘मेगास्पिड इन्टरनेसनल’ राखियो । यसपछि सबै सेयर ब्रिटिश भर्जिन टापुमा दर्ता भएको एउटा कम्पनीलाई दिइयो ।

वासिङ्टनस्थित सुरक्षा सम्बन्धी गैरनाफामुखी संस्था सी फोर एड्सको अनुसन्धानअनुसार, नाम परिवर्तनपछि एलिस हुआङ यस कम्पनीको निर्देशक बनिन् । सबै कार्यकारी अधिकार उनैलाई थियो ।

तर, त्यसको आठ महिनापछि उनी मेगास्पिडको निर्देशक पदमा नरहेको र उनका सेयरहरू सिंगापुरका व्यवसायी टान योङ पङ (जेम्स टान) लाई हस्तान्तरण गरिएको कागजातहरुमा देखिन्छ ।

यता, ‘कल्पर रिसर्च’ नामक सर्ट सेलर कम्पनीले तयार गरेको रिपोर्टमा एलिस हुआङको संलग्नता अझै पनि मेगास्पिडमा रहेको उल्लेख छ । मेगास्पिडका एक कर्मचारीले मे महिनाको रिपोर्टमा भनेका छन्, ‘हुआङ अझै पनि हाम्री मालिक हुन् । उनी दैनिक कार्यमा सक्रिय रहन्छिन् ।’

मेगास्पिडभन्दा अगाडि, एलिस हुआङले सन् २०१५ देखि २०१७ सम्म चिनियाँ निजी इक्विटी फर्म ‘सांघाई हेक्सी इन्भेस्टमेन्ट’ मा वरिष्ठ पदहरू सम्हालेकी थिइन् । त्यसअघि उनी एचएसबीसीको हङकङस्थित प्राइभेट बैंकिङ शाखामा कार्यरति थिइन् । उनीसँग  चिनियाँ लगानी बैंक ‘सिटिक सेक्युरिटिज’ मा समेत काम गरेको अनुभव छ ।

मेगास्पिड कम्पनीमाथि चीनमा अवैध रूप चिप्स पठाएको आरोप छ । यस आरोप कम्पनीले अस्वीकार गर्दै आएको छ । यस कम्पनीले आफ्नो वेबसाइटमा आफूलाई एनभिडियाको एसियाली बजारको मुख्य साझेदार दाबी गरेको छ । सिंगापुर सरकारले भने एलिस हुआङको सम्बन्धमा हालसम्म कुनै पनि औपचारिक अनुसन्धान नगरिएको जनाएको छ ।

एलिस हुआङको जीवनसँग जोडिएका हरेक नयाँ जानकारी बाहिरिएसँगै जनमानसमा कौतूहल झन् बढ्दै गएको छ । तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरू जति नै भाइरल भए पनि प्रविधि जगत्‌को यो ठूलो प्रकरणको पर्दापछाडिको कथा भने अझै अनुसन्धानकै घेरामा छ ।

अमेरिकामा विभिन्न निकायहरुले जेन्सन हुआङको अनुसन्धान गरिरहेका छन् । एनभिडियाले पनि आफ्नो प्रमुख कार्यकारीमाथिको यस अभियोगको अनुसन्धान गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

आफ्नै कर्मचारीसँग दोस्रो विवाहेत्तर सम्बन्धको खुलासासँगै एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा २२ मिनेट अघि काठमाडौँ : चिनिया महिलासँगको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएसँगै संकटमा परेका विश...

#हुआङ #सम्बन्ध #एनभिडिया
Compare →
Onlinekhabar
1d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अधिकारीसँग अफेयर थियो। ती अधिकारीको पहिचान कम्पनीकी हेल्थकेयर …

#जेन्सेन #हुआङ #एनभिडिया
Compare →
Bizshala
12h ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #एनभिडिया #सीईओ
Compare →
Nagarik News
12h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#जेन्सेन #एनभिडिया
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ
Compare →

Related Stories

Technology
Build #2611