Trending
Prev Story
Next Story

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

Onlinekhabar •
November 06, 2026 • 06:00 AM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् ।

ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता सिर्जना हुने गरेको थियो । नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

यसबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ । यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासको रुपमा हेरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
विमानस्थलमै अब सामान कहाँ पुग्यो भनेर हेर्न मिल्ने!

विमानस्थलमै अब सामान कहाँ पुग्यो भनेर हेर्न मिल्ने!

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ सुविधा सुरु गरिएको छ। अब यात्रुहरूले आफ्नो चेकइन गरेको सामानको आवागमन प्रत्यक्ष रूपमा निगरानी गर्न ...

#त्रिभुवन #विमानस्थल #हेर्न
Compare →
Ekantipur
1d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#त्रिभुवन #विमानस्थल
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#त्रिभुवन #विमानस्थल
Compare →
Nagarik News
8h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#त्रिभुवन #विमानस्थल
Compare →

Related Stories

World News
Build #2611