Trending
Prev Story
Next Story

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

Ekantipur •
November 12, 2026 • 04:01 PM
1
1 reads 0 reactions

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारी निकायदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनी, होटल, निर्माण व्यवसायी र विभिन्न सेवाप्रदायक गरी ४२ वटा निकाय तथा कम्पनीले बुझाउन बाँकी रकम १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।

सबैभन्दा बढी रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नाममा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै उपलब्ध गराएको बक्यौताको विवरणमा उल्लेख छ । कार्यालयको भाडा, बिजुली, पानीलगायतको बक्यौता ५७ करोड २० लाख रुपैयाँ रहेको प्राधिकरणको भनाइ छ । भन्सारपछि हिमालय एयरलाइन्सको ३५ करोड ७७ लाख र ओरियन्टल होटल्स लिमिटेड (होटल र्‍याडिसन) को २० करोड ६६ लाख रुपैयाँ बक्यौता छ । यी तीन निकायको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ । यो कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

युनिभर्सल सप्लाई एजेन्सीको ८ करोड ७२ लाख, आईएमएस एयरपोर्ट सर्भिसेजको ६ करोड २६ लाख, बन्द भइसकेको नेकोन एयरको ४ करोड ६३ लाख र गुण एयरलाइन्सको ४ करोड ३९ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । फुड सिटी नेपालको २ करोड ९० लाख, कस्मिक एयरको २ करोड ६९ लाख, जेट एयरवेजको २ करोड २ लाख र गल्फ एयरको १ करोड ८६ लाख रुपैयाँ बाँकी देखिन्छ ।

भन्सार कार्यालयका नाममा रहेको ५७ करोड २० लाख रुपैयाँ बिजुली महसुल र घरभाडाबापतको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जनाए । २०५६ मा प्राधिकरण सञ्चालनमा आएदेखि नै भन्सार कार्यालयले यी शीर्षकको रकम भुक्तानी गरेको छैन । ‘भन्सारसँग बिजुली र भाडा दुवै छ । सुरुबाटै दिएको छैन,’ उनले भने । प्राधिकरणले समय–समयमा बिल पठाउँदै र भुक्तानीका लागि ताकेता गर्दै आए पनि भन्सार कार्यालयबाट रकम प्राप्त भएको छैन । प्राधिकरणको सञ्चालन २०५६ देखि मान्दा यो बक्यौता झन्डै २७ वर्ष पुरानो हो ।

भन्सार कार्यालयको बक्यौता लामो समयदेखि विवादित विषय हो । महालेखापरीक्षकको कार्यालयले २०७९ मा सार्वजनिक गरेको कार्यमूलक लेखापरीक्षण प्रतिवेदनमा पनि विमानस्थल भन्सार कार्यालयका नाममा रहेको घरभाडासम्बन्धी बक्यौताको विषय उठेको थियो । महालेखापरीक्षकको प्रतिवेदनमा पनि प्राधिकरणले २०७० देखि बक्यौता असुल गर्न पत्राचार गर्दै आएको उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल प्रहरीलगायत सुरक्षाकर्मीबाहेक अन्य राजस्व तथा शुल्क संकलन गर्ने निकायबाट भाडा लिने गरेको छ ।

वायुसेवा कम्पनीहरूका नाममा रहेको बक्यौता ल्यान्डिङ, पार्किङ, नेभिगेसन सेवा शुल्क र विमानस्थलमा प्रयोग गरेका कोठाको भाडालगायत शीर्षकको रहेको महाप्रबन्धक सिटौलाले बताए । ‘वायुसेवा कम्पनीको ल्यान्डिङ, पार्किङ, नेभिगेसन त्यही नै हो, कोठा बहाल सबै हो,’ उनले भने ।

हिमालय एयरलाइन्सको ३५ करोड ७७ लाख ८७ हजार रुपैयाँ, नेकोन एयरको ४ करोड ६३ लाख ८५ हजार, गुण एयरलाइन्सको ४ करोड ३९ लाख ५० हजार, कस्मिक एयरको २ करोड ६९ लाख ७१ हजार र जेट एयरवेजको २ करोड २ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणको विवरणमा उल्लेख छ । नेपालमा उडान रोकेका विदेशी वायुसेवामा भने गल्फ एयरको १ करोड ८६ लाख, किङफिसर एयरलाइन्सको १ करोड १५ लाख, एयर सहाराको ३४ लाख, पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको २६ लाख र बहराइन एयरको २४ लाख रुपैयाँ बक्यौता छ ।

यीमध्ये नेकोन, कस्मिक, एयर सहारा, किङफिसर र जेट एयरवेज लामो समयदेखि नियमित सञ्चालनमा छैनन् । यी कम्पनी सञ्चालनमा नरहे पनि विमानस्थल प्रयोग गर्दा सिर्जना भएको दायित्व प्राधिकरणको अभिलेखमा बाँकी छ । महालेखापरीक्षकको कार्यालयका प्रतिवेदनहरूले पनि सञ्चालनमा नरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको बक्यौता असुलीमा प्राधिकरणको कमजोरी रहेको औंल्याउँदै आएको छ ।

प्राधिकरणको अहिलेको सूचीमा संयुक्त राष्ट्रसंघीय मिसन इन नेपाल (अनमिन) का नाममा पनि १४ लाख २८ हजार रुपैयाँ बक्यौता देखिन्छ । महालेखापरीक्षकको २०७९ को प्रतिवेदनमा अनमिनका नाममा नेपालका २० वटा विमानस्थलबाट असुल हुन बाँकी ३१ लाख १५ हजार रुपैयाँमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हिस्सा १४ लाख २८ हजार रुपैयाँ रहेको उल्लेख छ ।

बक्यौता असुल गर्न प्राधिकरणसँग स्पष्ट कानुनी अधिकार छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १० ले विमानस्थलमा उपलब्ध गराइने विभिन्न सेवा, बिजुली, भवन तथा कोठा प्रयोग, जग्गा भाडा र अन्य सुविधाबापत शुल्क तथा भाडा असुल गर्ने अधिकार दिएको छ । ऐनको दफा २७ ले प्राधिकरणले लिनुपर्ने शुल्क, भाडा तथा क्षतिपूर्ति सरकारी बाँकीसरह असुल गर्न सक्ने व्यवस्था गरेको छ । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ ले बक्यौता नतिर्ने व्यक्ति, संस्था तथा वायुसेवा कम्पनीमाथि थप कारबाहीको व्यवस्था गरेको छ ।

नियम २९ अनुसार नियमावलीमा तोकिएको अवधिभित्र शुल्क बुझाउनुपर्छ । अवधि नतोकिएको अवस्थामा प्राधिकरणले तोकेको समयमा भुक्तानी गर्नुपर्छ । भवन तथा कोठा भाडा, जग्गा भाडा, ह्यांगर भाडा, विज्ञापन शुल्क र सम्झौताबमोजिमका रकम अग्रिम बुझाउनुपर्ने व्यवस्था पनि छ । नियम ३१ अनुसार वायुसेवा कम्पनीले बिल जारी भएको ३० दिनभित्र सम्बन्धित शुल्क बुझाउनुपर्छ । समयमा रकम नबुझाए पहिलो ६० दिनसम्म दैनिक ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । त्यसपछि बक्यौता र लागिसकेको विलम्ब शुल्कसमेत जोडेर वार्षिक १५ प्रतिशतका दरले असुल गर्नुपर्ने व्यवस्था छ ।

नियमअनुसार शुल्क नबुझाउने व्यक्ति वा संस्थाको विमानस्थलबाट जारी अनुमति, प्राधिकरणसँगको सम्झौता वा व्यावसायिक स्वीकृति निलम्बन गर्न सकिन्छ । विमानस्थलभित्र रहेको सम्बन्धित संस्थाको सम्पत्ति रोक्का राख्न र व्यवसाय सञ्चालनमा प्रतिबन्ध लगाउन पनि सकिन्छ । बिल जारी भएको मितिले ६० दिनभित्र शुल्क नबुझाए सम्बन्धित संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउन सकिने र वायुसेवा कम्पनीको हकमा तत्काल उडान रोक्न सकिने व्यवस्था छ ।

प्राधिकरणलाई बुझाउनुपर्ने रकम नबुझाउने वा सम्झौता उल्लंघन गर्ने संस्था तथा कम्पनीलाई तीन वर्षसम्म नागरिक उड्डयन, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित काम र व्यवसायमा संलग्न हुन नपाउने गरी कालोसूचीमा राख्न सकिन्छ । वायुसेवा कम्पनीले उडान सञ्चालन गर्नुअघि अनुमानित मासिक ल्यान्डिङ, पार्किङ, नेभिगेसन, उड्डयन सहायता तथा सुरक्षा शुल्क बराबरको रकम नगद वा बैंक ग्यारेन्टीका रूपमा धरौटी राख्नुपर्ने व्यवस्था छ । बक्यौता भए त्यही धरौटीबाट रकम कट्टा गर्न सकिन्छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

असिनाले ढाक्यो त्रिभुवन विमानस्थलको धावनमार्ग, आठ विमान आकाशमै होल्ड

काठमाडौँ । राजधानी काठमाडौँमा बुधवार दिउँसो अचानक आएको हावाहुरी र बाक्लो असिनासहितको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। धावनमार्ग र ट्याक्सी वेमा असिना जमे...

#विमानस्थल #त्रिभुवन
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#विमानस्थल #त्रिभुवन
Compare →
Onlinekhabar
1w ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#विमानस्थल #त्रिभुवन
Compare →
Nagarik News
1w ago
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#विमानस्थल #त्रिभुवन
Compare →

Related Stories

World News
Build #2611