२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ ।
काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
आजको यो खेल जित्ने टोली प्लेअफमा छनोट हुनेछ ।
सुदूरपश्चिमले पहिलो रोजाइमा दुई परिवर्तन गरेको छ । आज अभिनाश बोहराको स्थानमा दिपक बोहरा खेल्दैछन् । यस्तै सैफ जैबको स्थानमा फाबियन एलन पहिलो रोजाइमा छन् ।
काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र अर्का विदेशी विलियम बोसिस्टोको स्थानमा श्रीलंकन दुसान हेमन्था र अष्ट्रेलियन साम हिजलेट पहिलो रोजाइमा खेल्दैछन् ।