Trending
Prev Story
Next Story

बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि आरुघाटको सोतीमा चल्न थाले सवारी

Ekantipur •
October 13, 2026 • 06:19:34 PM
1
1 reads 0 reactions

छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।

बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि आरुघाटको सोतीमा चल्न थाले सवारी

छेपारे भिर र सोतिको सडकमा बुढीगण्डकीले बगाएर ल्याएको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।

गोरखा — आइतबार बुढीगण्डकीमा आएको बाढीपछि अवरुद्ध बनेको लार्के सडकअन्तर्गत आरुघाट गाउँपालिका–३ को सोति खण्डमा मंगलबारबाट सवारी साधन चल्न सुरु भएको छ । छेपारे भिर र सोतिको सडकमा  बुढीगण्डकीले थुपारेको लेदो हटाएपछि सवारी साधन चल्न थालेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।

छेपारे भिरबाट सोतिसम्म ३ ठाउँमा बुढीगण्डकीले लेदो थुपारेको थियो । ‘हिजो र आज ४ वटा मेसिन लगाएर सडक सफा गर्‍यौं, आजबाट सवारी साधन चल्न सुरु भएको छ,’ उनले भने । सोति खण्डको लेदो हटाएसँगै धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सवारी साधन पुगेका छन् ।

धार्चेको खोर्लाबेँसीबाट भने सवारी साधन कट्न सकेको छैन । तातोपानी र खोर्लाबेँसीबीचमा १०० सडक बुढीगण्डकीले कटान गर्दा चुमनुब्री गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद बनेको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3w ago
खुल्न थाले नेपालका सरकारी वेबसाइट

खुल्न थाले नेपालका सरकारी वेबसाइट

९ कात्तिक, काठमाडौं । वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् । अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात …

#थाले
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#थाले
Compare →
Hamro Patro News
6d ago
तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन थालेका छन् । चाडपर्वका बेला च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएर विभिन्न सहरमा बिक...

#थाले
Compare →
Nagarik News
2w ago
बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।

#थाले
Compare →

Related Stories

National (Nepal)
Build #2611