Trending
Prev Story
Next Story

बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

Nagarik News •
October 24, 2026 • 08:01 AM
1
1 reads 0 reactions

म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।

बेँसी झर्न थाले म्याग्दीका पशुगोठ

म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्।

शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन्।

पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ।

धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताए।

विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उनका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ।

पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन्।

गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताए। पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन्।

ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन्। महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ।

हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए।

खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ। ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ।

धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्।

बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ। युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए।

प्रकाशित: ७ कार्तिक २०८३ १३:४६ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#बेँसी #झर्न #थाले
Compare →
Ekantipur
2w ago
पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट

पुनः सञ्चालनमा आउन थाले पीएचपी सुरक्षा जोखिमपछि बन्द भएका सरकारी वेबसाइट

पूर्वसावधानीस्वरूप अफलाइन गरिएका सरकारी साइट सुरक्षा प्याच इन्स्टल गरेसँगै खुल्न थाले । तर, भेन्डरले नै व्यवस्थापनमा गरिरहेका केही पोर्टल अझै खुल्न बाँकी छन् ।

#थाले
Compare →
Arthasansar
2w ago
खुल्न थाले नेपालका सरकारी वेबसाइट

खुल्न थाले नेपालका सरकारी वेबसाइट

वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका...

#थाले
Compare →
Hamro Patro News
2w ago
खुल्यो मौसम, उपत्यकाबाटै देखिन थाले हिमाल

खुल्यो मौसम, उपत्यकाबाटै देखिन थाले हिमाल

• काठमाडौं उपत्यकाबाट हिमालहरू प्रस्ट देखिन थालेका छन्, विशेषगरी दसैँको समयमा मौसम खुल्न थालेपछि। • गणेश हिमाल, हिमालचुली, लाङटाङ र मनास्लु हिमाल लगायतका हिमालहरू स्पष्ट रूपमा देखिएका छन्। • चन्द्र…

#थाले
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#थाले
Compare →

Related Stories

Technology
Build #2611