Trending
Prev Story
Next Story

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

Nagarik News •
November 08, 2026 • 10:55 AM
1
1 reads 0 reactions

उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्।

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।

कात्तिक दोस्रो साताको वर्षापछि लेकाली भेगमा परेको हिउँका कारण चरनको अभाव हुन थालेपछि किसानहरूले भेडीगोठ तल्लो क्षेत्रतर्फ सारेका हुन्।

हिउँदको कठ्याङ्ग्रिँदो चिसोबाट भेडाबाख्रा जोगाउन र चरन सहज बनाउन यहाँका किसानहरू हरेक वर्ष परम्परागत मौसमी बसाइँसराइ गर्ने गर्छन्।

लेकमा बाक्लो हिउँ जम्ने र घाँस नपाइने भएपछि किसानहरू परिवार र भेडाको बथानसहित बेँसीका फाँटहरूतर्फ लाग्ने गरेका हुन्।

बूढीनन्दा नगरपालिका-९ का भेडापालक किसान सुमन थापा २०० भेडासहित आफ्नो सम्पूर्ण परिवार लिएर बेँसी झरेका छन्। साँफे–मार्तडी सडकखण्ड हुँदै अछामको गैलतर्फ जाँदै गरेका थापाले आमाबुबा, श्रीमती र छोराछोरीसहित ६ महिनाका लागि घर छाडेको बताए।

‘गाउँमा चिसो र हिउँले गर्दा भेडा चराउनै सकिँदैन, अब चैत–वैशाख लागेपछि मात्रै गाउँ फर्किन्छौँ,’ उनले भने।

बाजुराका उच्च हिमाली क्षेत्रका किसानहरू हिउँद छल्न जिल्लाभित्रकै बूढीगङ्गा र खप्तड छेडेदहका साथै छिमेकी जिल्ला अछाम र डोटीका विभिन्न सुरक्षित चरन क्षेत्रमा पुग्ने गर्छन्।

पुस्तौँदेखि निरन्तर चल्दै आएको यो मौसमी बसाइँसराइले सुदूरपश्चिमको हिमाली क्षेत्रको रैथाने पशुपालन र संघर्षपूर्ण ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १६:४० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#किसान #चिसो #बेँसी
Compare →
Hamro Patro News
6d ago
उच्चलेकका याकचौँरी बेँसीमा

उच्चलेकका याकचौँरी बेँसीमा

मुस्ताङ –चिसोबाट जोगाउन मुस्ताङको उच्चलेकबाट याकचौँरीका बथान बेँसी झारिएको छ। समूद्री सतहकोे चार हजारदेखि पाँच हजार मिटरसम्मको उचाइमा घुम्ती गोठ खडा गरी पालिएका याकचौँरी हिउँदयाममा हिमपात र चिसोको ...

#चिसो #बेँसी
Compare →
Ekantipur
4d ago
खर्कमा बढ्यो चिसो, गोठले भरियो घिम्चे फाँट

खर्कमा बढ्यो चिसो, गोठले भरियो घिम्चे फाँट

मौसमअनुसार लेक र बेंसी ओहोरदोहोर गर्ने गुरुङ समुदायको पुस्तौंदेखिको जीवनशैली घट्दो पशुपालनबीच पनि जीवित छ।

#चिसो
Compare →
Bizshala
5h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#हिमपात #किसान
Compare →

Related Stories

Business & Economy
Build #2611