Trending
Prev Story
Next Story

ट्रम्पले क्यानडाको सामानमा लगाइएको भन्सार महसुल कम गरे

Nagarik News •
October 24, 2026 • 07:14 AM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्।

ट्रम्पले क्यानडाको सामानमा लगाइएको भन्सार महसुल कम गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा लगाइएको ५० प्रतिशत अतिरिक्त भन्सार महसुलको दायरा परिवर्तन गरेका छन्।

शुक्रबार हस्ताक्षर गरिएको घोषणापत्रअनुसार केही वस्तुलाई महसुलको सूचीबाट हटाइएको छ भने केही नयाँ वस्तु थपिएका छन्। नयाँ व्यवस्था अक्टोबर ३० देखि लागू हुनेछ।

ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित घोषणापत्रअनुसार क्यानाडाबाट अमेरिकामा आयात गरिने प्लाइवुडका पाता, केही कागजजन्य उत्पादन, निश्चित प्रकारका मेसिनरी तथा रेफ्रिजरेसन उपकरण र प्याकिङका लागि प्रयोग हुने केही क्रेट तथा बाकसमा अब ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्ने छैन।

यसको विपरीत, क्यानडाबाट आयात गरिने केही प्रकारका भल्भ, गलैँचा, फोहोरजन्य उत्पादन तथा अन्य निश्चित सामग्रीमा भने ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाइनेछ।

घोषणापत्रअनुसार अक्टोबर ३० वा त्यसपछि अमेरिकामा उपभोगका लागि आयात गरिने वा भण्डारणबाट उपभोगका लागि निकालिने वस्तुमा संशोधित व्यवस्था लागू हुनेछ।

घोषणापत्रमा भन्सार महसुलको दायरामा गरिएको परिवर्तनले अमेरिकी वाणिज्य क्षेत्रमा परेको भार वा बेफाइदालाई सन्तुलनमा ल्याउने उल्लेख छ।

साथै, यो कदम अमेरिकी हित र सार्वजनिक हितअनुकूल रहेको दाबी गरिएको छ।

ट्रम्प प्रशासनले क्यानाडाले अमेरिकी मोटरगाडी तथा तिनका पार्टपुर्जाको निर्यातमा गरेको भनिएको भेदभावपूर्ण र अनुचित व्यवहारको प्रतिक्रियास्वरूप अतिरिक्त भन्सार महसुल लगाइएको तर्क गरेको छ।

यसअघि ट्रम्पले अगस्ट २२ मा क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए।

अमेरिकी कदमको जवाफमा क्यानडाले पनि सोही बराबर मूल्यका अमेरिकी वस्तुमा भन्सार महसुल लगाएको थियो। क्यानडाको उक्त प्रतिकारात्मक कदम सेप्टेम्बर ८ देखि लागू भएको थियो।

दुवै देशबीचको भन्सार विवादले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको आर्थिक सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १२:५९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

चारआली खानेपानीको महसुल घट्यो, मङ्सिरदेखि उपभोक्तालाई राहत

झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आउँदो मङ्सिर महिनादेखि लागू हुने गरी खानेपानीको महसुल घटाएको छ। समितिले विशेषगरी निम्न वर्गीय उपभोक्तालाई राहत दिने उद्देश्यले सबै श्रेण...

#महसुल
Compare →

Related Stories

World News
Build #2611