Trending
Prev Story
Next Story

इन्डिगोले साउदी अरबका आफ्ना सबै उडान रद्द गर्ने

Nagarik News •
October 23, 2026 • 07:58 AM
2
2 reads 0 reactions

भारतीय वायुसेवा कम्पनी इन्डिगोले साउदी अरबको रियादबाट आउने र त्यहाँ जाने उडानहरू सन् २०२६ अक्टोबर ३१ सम्म (उक्त दिनसमेत) रद्द गर्ने निर्णय गरेको छ।

इन्डिगोले साउदी अरबका आफ्ना सबै उडान रद्द गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोले साउदी अरबको रियादबाट आउने र त्यहाँ जाने उडानहरू सन् २०२६ अक्टोबर ३१ सम्म (उक्त दिनसमेत) रद्द गर्ने निर्णय गरेको छ।

इन्डिगोले जारी गरेको विज्ञप्तिमा बदलिँदो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उडान रद्द गर्ने निर्णय गरिएको जनाएको छ। त्यस्तै, जेद्दा, दमाम र मदिनाबाट आउने तथा त्यहाँ जाने उडानहरू अक्टोबर २७, २०२६ सम्म रद्द रहने कम्पनीले जनाएको छ।

इन्डिगोले यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको बताएको छ। वायुसेवा कम्पनीले परिस्थितिलाई निरन्तर निगरानी गरिरहेको र अवस्थाको मूल्याङ्कन गर्न सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ।

उडान रद्द भएका यात्रुहरूलाई बुकिङ गर्दा उपलब्ध गराएको सम्पर्क विवरणमार्फत जानकारी दिइरहेको कम्पनीले बताएको छ। यात्रुहरूलाई विमानस्थल जानुअघि इन्डिगोको आधिकारिक वेबसाइटमा गएर आफ्नो उडानको अवस्था जाँच गर्न पनि आग्रह गरिएको छ।

यात्रा योजनामा पर्न सक्ने असुविधा र अनिश्चितताप्रति इन्डिगोले दुःख व्यक्त गरेको छ।

इन्डिगोको उक्त विज्ञप्ति पुनःप्रकाशित गर्दै साउदी अरबस्थित भारतीय दूतावासले पनि रियादबाट आउने तथा त्यहाँ जाने उडानहरू अक्टोबर ३१ सम्म र जेद्दा, दमाम तथा मदिनाबाट आउने र त्यहाँ जाने उडानहरू अक्टोबर २७ सम्म रद्द रहने जानकारी दिएको छ।

प्रकाशित: ६ कार्तिक २०८३ १३:४३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
दसैं छुट्यो, तिहार अनिश्चित : साउदीमा उडान रद्द हुँदा घर फर्किन पाएनन् नेपाली श्रमिक

दसैं छुट्यो, तिहार अनिश्चित : साउदीमा उडान रद्द हुँदा घर फर्किन पाएनन् नेपाली श्रमिक

हुथीको हमलाका कारण साउदीका विमानस्थलबाट झन्डै आधा उडान रद्द, दमाम–काठमाडौं उडान ठप्प, अन्तर्राष्ट्रिय उडानमा अवरोधका कारण बिदा सकिन लागेका र एक्जिट भिसाको म्याद गुम्न लागेका श्रमिक चिन्तित

#उडान #रद्द #साउदी
Compare →
Hamro Patro News
2d ago
साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

साउदी अरबको तेल उत्पादन फेब्रुअरीयताकै उच्च

काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्‍याएको छ । इरान युद्धका कारण मध्यप...

#साउदी #अरब
Compare →
Onlinekhabar
1w ago
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण …

#उडान #साउदी
Compare →
Arthasansar
2w ago
साउदी अरेबियाका विमानस्थल र तेल सुविधा केन्द्रहरूमा ६ वटा आक्रमण गरेको हुथीको दाबी

साउदी अरेबियाका विमानस्थल र तेल सुविधा केन्द्रहरूमा ६ वटा आक्रमण गरेको हुथीको दाबी

तेहरानमा यसै हप्ता भएको साउदी र इरानी उच्च अधिकारीहरूको दुर्लभ बैठकमार्फत क्षेत्रका विवादहरू वार्ताद्वारा समाधान गर्ने सहमति भए पनि, इरान...

#साउदी
Compare →

Related Stories

World News
Build #2612