Trending
Prev Story
Next Story

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

Nagarik News •
November 13, 2026 • 08:05 AM
1
1 reads 0 reactions

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

श्रीमतीलाई एक्लै छोड्न नसकेपछि विमानको शौचालयभित्र यस्तो ‘हर्कत’ गर्ने यात्रु धरौटीमा छुटे

श्रीमती क्यान्सरबाट पीडित भएपछि उनलाई एक्लै छोडेर विदेश जान नसक्ने निष्कर्षमा पुगेका एक व्यक्तिले उडान रोक्न विमानमै अपहरणको झूटो धम्की दिएको खुलेको छ।

उनले विमानको शौचालयमा हस्तलिखित धम्कीपूर्ण नोट छोडेको आरोपमा पक्राउ परेका थिए। तर, अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। भारतको ब्यारेकपुर अदालतले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर धरौटीमा छाड्ने आदेश दिएको हो। प्रहरीले उनलाई न्यायिक हिरासतमा पठाउन माग गरेको भए पनि अदालतले धरौटी दियो।

प्रहरीका अनुसार नन्दीले आफू शारीरिक र मानसिक रूपमा थकित, निराश तथा आक्रोशित रहेको बताएका थिए। श्रीमतीको स्वास्थ्य अवस्था र आफ्नै क्यान्सरको इतिहासका कारण लामो समय घरबाहिर बस्न कठिन भएको उनको भनाइ थियो। धरौटीमा रिहा भए पनि उनीमाथिको अनुसन्धान जारी छ।

भारतको कोलकातास्थित विमानस्थलमा भएको घटनामा पक्राउ परेका व्यक्ति पार्थ प्रतिमा नन्दी हुन्। उनी आफैं पनि कोलोन क्यान्सरबाट निको भएका व्यक्ति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार नन्दी रोजगारीका लागि मुम्बई हुँदै अफ्रिकी मुलुक मोजाम्बिक जाने तयारीमा थिए। उनी तेल पाइपलाइन परियोजनामा परामर्शदाताका रूपमा काम गर्दै आएका थिए। नयाँ जागिरका लागि उनले अमेरिकी कम्पनीबाट एक लाख भारतीय रुपैयाँ अग्रिम रकमसमेत लिएका थिए।

तर, क्यान्सरबाट पीडित श्रीमतीलाई एक्लै छोडेर विदेश जान उनी चाहँदैनथे। उनले यात्राअघि नै जागिरमा जान नसक्ने भन्दै कम्पनीलाई जानकारी गराउने प्रयास गरेका थिए। विमानस्थल जाने क्रममा भएको सामान्य सडक दुर्घटनालाई पनि यात्रा रद्द गर्ने बहाना बनाउन खोजेको बताइएको छ। तर, कम्पनीले काममा नआए कानुनी कारबाही गर्ने चेतावनी दिएपछि उनी थप तनावमा परेको पाइएको छ।

त्यसपछि उनले उडान रोक्ने उपाय अपनाएको अनुसन्धानबाट खुलेको छ। कोलकाताबाट मुम्बई जाने एयर इन्डियाको एआई २७७२ उडानको शौचालयमा उनले ‘विमान अपहरण हुनेछ’ भन्दै एउटा सेतो कार्डमा नोट लेखेर छोडेका थिए। स्थानीय समय अनुसार बुधबार बिहान करिब १०:३७ बजे चालक दलका सदस्यले उक्त नोट देखेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए।

त्यसपछि विमानलाई आइसोलेसन क्षेत्रमा लगेर १०५ जना यात्रुलाई बाहिर निकालियो। सुरक्षा निकायले विमानको विस्तृत जाँच गर्नुका साथै यात्रु, चालक दलका सदस्य र विमानसँग सम्पर्कमा आएका कर्मचारीको हस्तलेखन नमुना संकलन गरेको थियो। अनुसन्धानका क्रममा नन्दीको हस्तलेखन नोटसँग मेल खाएपछि उनीमाथि शंका गरिएको थियो। पछि उनले नोट लेखेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाका कारण उडान सात घण्टाभन्दा बढी ढिलो भएको थियो। सुरक्षा जाँच पूरा भएपछि विमान बुधबार साँझ ५:३८ बजे मुम्बईका लागि उडेको थियो।

प्रकाशित: २७ कार्तिक २०८३ १३:५० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

श्रीमतीको जिम्मामा छुटे टोपबहादुर

२५ कात्तिक, काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा डिल्ली बजार कारागारमा जेल सजाय भुक्तान गरिरहेका रायमाझी जेष्ठ नागरिकको सुविधामा जेलमुक्त भएका हुन्। उनलाई श्रीमतीको जिम्मामा …

#श्रीमती #छुटे
Compare →
Hamro Patro News
2d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन : अर्थमन्त्री वाग्ले

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट हुने क्षति तथा पुनर्निर्माणको आर्थिक भार नेपालले एक्लै धान्न नसक्ने बताएका छन् । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन...

#एक्लै
Compare →
Arthasansar
2d ago
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ...

#विमान
Compare →
Ekantipur
1w ago
विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

#विमान
Compare →

Related Stories

World News
Build #2611