Trending
Prev Story
Next Story

विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

Ekantipur •
November 06, 2026 • 04:01 AM
1
1 reads 0 reactions

विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिनेछ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्न लाग्ने समयबारे यात्रुले कुनै प्रत्यक्ष सूचना पाउने व्यवस्था थिएन । सामान आउने प्रतीक्षामा यात्रु अन्योलमा पर्ने र ब्यागेज व्यवस्थापन प्रक्रियाबारे जानकारी नहुँदा असहज हुने गरेका थिए ।

नयाँ व्यवस्थापछि यात्रुले आगमन कक्षमै राखिएको स्क्रिनबाट ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि हेर्न सक्नेछन् । यसबाट सामान झार्ने प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी पाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहज हुने अपेक्षा गरिएको छ ।

विमानस्थलको सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । पछिल्लो समय विमानस्थलमा यात्रु सेवा सुधार, ब्यागेज व्यवस्थापन र सेवा प्रवाहलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।

ब्यागेज व्यवस्थापनमा प्रत्यक्ष दृश्य उपलब्ध गराउने यो व्यवस्थाले यात्रुको प्रतीक्षा अनुभव सहज बनाउनुका साथै विमानस्थलको सेवा प्रवाहमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#ब्यागेज #विमानस्थल #लाइभ
Compare →
Hamro Patro News
1w ago
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल ए...

#ब्यागेज #विमानस्थल #लाइभ
Compare →
Bizshala
5d ago
सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

काठमाण्डौ । कसैले रेस्टुरेन्टमा खान छाडेका छन्। कसैले घरमा प्रयोग नभएका सामान बेचेका छन्। केहीले त वर्षौंदेखि जम्मा...

#सामान
Compare →

Related Stories

World News
Build #2611