Trending
Prev Story
Next Story

भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश

Ekantipur •
November 06, 2026 • 04:01 AM
2
2 reads 0 reactions

कार्यालयमा सुनका सामग्री थपेपछि ट्रम्पले यसको ऐतिहासिक पहिचान जोगाउने नाममा आगामी राष्ट्रपतिहरूले ठूलो परिवर्तन गर्न नपाउने व्यवस्था गरेका छन्।

भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश

कार्यालयमा सुनका सामग्री थपेपछि ट्रम्पले यसको ऐतिहासिक पहिचान जोगाउने नाममा आगामी राष्ट्रपतिहरूले ठूलो परिवर्तन गर्न नपाउने व्यवस्था गरेका छन्।

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा भविष्यका राष्ट्रपतिहरूले निश्चित परिवर्तन गर्न नपाउने व्यवस्था गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा राष्ट्रपतिको आधिकारिक कार्यकक्ष ओभल अफिसमा विभिन्न परिवर्तन गरेका छन् । बीबीसी का अनुसार तीमध्ये सबैभन्दा उल्लेखनीय कार्यालयका भित्ताहरूमा सुनका सामग्री थप्नु हो ।

'हामी यसलाई राष्ट्रिय स्मारक घोषणा गर्दैछौँ । अब कसैले पनि यसलाई छुन, भत्काउन वा ध्वस्त पार्न पाउने छैन । अलिकति फरक आकारको केही बनाउन मूर्खहरूले यसलाई भत्काउन पाउने छैनन्,' ट्रम्पले बिहीबार पत्रकारहरूसँग भने ।

अमेरिकी राष्ट्रपतिहरूलाई हाल ह्वाइट हाउसमा केही परिवर्तन गर्ने अधिकार छ । तर, ठूला परियोजनाका लागि भने अमेरिकी संसद् (कंग्रेस) को अनुमति आवश्यक पर्छ ।

बिहीबार जारी कार्यकारी आदेशले ओभल अफिस र त्यससँग जोडिएका केही कोठालाई राष्ट्रिय स्मारक घोषणा गरेको छ ।

यद्यपि, उक्त आदेशमा राष्ट्रपतिले स्मारकको सजावट परिवर्तन गर्न, फर्निचर छनोट गर्न वा स्मारकको ऐतिहासिक संरचना तथा वास्तुकलाको स्वरूपमा ठूलो असर नपर्ने गरी नियमित सञ्चालन र सुरक्षासम्बन्धी परिवर्तन गर्न पाउने अधिकारमा कुनै प्रतिबन्ध नलगाइएको उल्लेख छ ।

'हामीलाई ओभल अफिस मन पर्छ । यो आफैँमा ह्वाइट हाउसजस्तै एउटा प्रतीक हो । यो हाम्रो देश र देशको महानताको प्रतीक हो,' ट्रम्पले भने ।

राष्ट्रपतिलाई राष्ट्रिय स्मारक घोषणा गर्ने अधिकार छ । यस्ता स्मारक राष्ट्रिय निकुञ्जसरह मानिन्छन् ।

ट्रम्पको आदेशमा ओभल अफिसको ऐतिहासिक स्वरूप, वास्तुकलाको मौलिकता र राष्ट्रपतिको कार्यालयका रूपमा रहेको यसको ऐतिहासिक सम्बन्ध जोगाउने गरी राष्ट्रिय निकुञ्ज सेवाले यसको संरक्षण गर्नुपर्ने उल्लेख छ ।

ह्वाइट हाउसको सम्पूर्ण भवन यसअघि नै राष्ट्रिय ऐतिहासिक सम्पदाका रूपमा सूचीकृत छ । यस्तो सूचीकरणको उद्देश्य भवनमा अचानक हुने परिवर्तन रोक्नु हो ।

ट्रम्पको घोषणापत्रमा विद्यमान संरक्षण व्यवस्थालाई स्वीकार गरिएको छ । तर, 'ओभल अफिस आफैँमा राष्ट्रिय महत्त्वको छुट्टै ऐतिहासिक संरचना भएकाले यसको विशिष्ट पहिचान र संरक्षण व्यवस्थापन आवश्यक छ' भनिएको छ ।

राष्ट्रिय ऐतिहासिक सम्पदा संरक्षण ऐनमा कंग्रेसले राष्ट्रपतिलाई आवश्यक परिवर्तन गर्न दिने गरी छुट्टै व्यवस्था गरेको छ । हालको ओभल अफिस सन् १९३० को दशकको सुरुदेखि अस्तित्वमा छ । तत्कालीन राष्ट्रपति फ्र्यांकलिन डी. रुजवेल्टको अवधारणाअनुसार यसको निर्माण भएको थियो ।

मध्यावधि निर्वाचनको प्रचार अभियानका क्रममा डेमोक्र्याटहरूले ट्रम्पले ओभल अफिसमा गरेका परिवर्तनको आलोचना गरेका थिए । पूर्वराष्ट्रपति बाराक ओबामाले त सुनका सजावट थपेपछि ह्वाइट हाउस 'सद्दाम हुसेनले चिजकेक फ्याक्ट्री खोलेको जस्तो देखिएको' टिप्पणी गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
12h ago
निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

निर्वाचनको धक्काले ट्रम्पको रणनीति परिवर्तन, भ्रष्टाचारविरुद्ध केन्द्रित हुन भान्सलाई निर्देशन

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धप्रतिको ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्। मध्यावधि निर्वाचनमा र...

#ट्रम्प #परिवर्तन
Compare →
Onlinekhabar
13h ago
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको …

#ट्रम्प #राष्ट्रपतिले
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Nagarik News
15h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →

Related Stories

Education & Youth
Build #2611