Trending
Prev Story
Next Story

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

Onlinekhabar •
November 02, 2026 • 09:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण …

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ ।

साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ ।

निगम स्रोतका अनुसार साउदीमा अल फेसलिया मोडर्न एभिएसन नेपाल एयरलाइन्सको जीएसएका रूपमा काम गरिरहेको छ । जीएसएको नवीकरण ३१ जुलाईमा भइसक्नुपर्ने थियो ।

तर, निगम व्यवस्थापनको बेवास्ताका कारण विद्यमान जीएसएको नवीकरण हुन सकेको छैन भने नयाँ जीएसएस समेत नियुक्ति प्रक्रिया अगाडी बढेको छैन ।

नवीकरण नभएपछि विद्यमान जीएसएले अब निगमका लागि निरन्तर काम गर्न नसक्ने जानकारी इमेल मार्फत नेवानिलाई गराएको छ ।

कम्पनीले नोभेम्बरभरि काम गर्ने र १ डिसेम्बरदेखि काम गर्न नसक्ने स्पष्ट पारेको छ । यो कम्पनी ५ वर्षका लागि नियुक्त भएको थियो । जसको अवधि गत जुलाईमा सकिएको हो ।

जीएसले स्थानीय सेल्स, मार्केटिङ, कानुनी प्रक्रियाका काम गर्छ । साथै, सम्बन्धित देशको नियामक निकायसँग समन्वय समेत गर्छ । कर्मचारीका भिसा प्रक्रियामा समेत जीएसएले सहयोग गर्छ ।

साउदी नेपाली कामदार अत्यधिक रहेको श्रम गन्तव्य देश हो । यहाँ ५ लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ । तर, राष्ट्रिय ध्वजावाहकले यस गन्तव्यमा प्राथमिकता साथ आफ्नो उपस्थिति देखाउन सकेको छैन ।

यहाँ साताको एक उडान राखिएको छ । पछिल्लो समय साउदीमा जारी द्वन्द्वबीच पछिल्ला चार उडान रद्द भइसकेका छन् । यसले सयौँ नेपालीको यात्रा अन्योलमा परेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ?

#साउदी #उडान
Compare →
Hamro Patro News
1w ago
कोरिया–नेपाल सिधा उडान: प्रतिस्पर्धाको पर्खाइ कहिलेसम्म ?

कोरिया–नेपाल सिधा उडान: प्रतिस्पर्धाको पर्खाइ कहिलेसम्म ?

म यो आलेख मेरो आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छु । हालसालै परिवारसहित नेपाल फर्कंदा इन्छन विमानस्थलमा चाइना इस्टर्न एयरलाइन्सको काउन्टरले हामीलाई कुनमिङसम्मको मात्रै बोर्डिङ पास दियो । काठमाडौं जाने...

#उडान
Compare →
Nagarik News
1d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी
Compare →
Arthasansar
2w ago
साउदी अरेबियाका विमानस्थल र तेल सुविधा केन्द्रहरूमा ६ वटा आक्रमण गरेको हुथीको दाबी

साउदी अरेबियाका विमानस्थल र तेल सुविधा केन्द्रहरूमा ६ वटा आक्रमण गरेको हुथीको दाबी

तेहरानमा यसै हप्ता भएको साउदी र इरानी उच्च अधिकारीहरूको दुर्लभ बैठकमार्फत क्षेत्रका विवादहरू वार्ताद्वारा समाधान गर्ने सहमति भए पनि, इरान...

#साउदी
Compare →
Bizshala
2w ago
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू...

#नवीकरण
Compare →

Related Stories

National (Nepal)
Build #2611