Trending
Prev Story
Next Story

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

Onlinekhabar •
November 02, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन …

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् ।

यसबारे चिनियाँ पक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए ।

‘मलाइ लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूको मान्छेलाई पनि त्यो भन्न भ्याउनुभएको थिएन । चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहीँ यही हो । उहाँहरुले नि त आफ्ना मान्छे बचाउनुहुन्थ्यो,’ उनले भने, ‘त्यति सर्टेन हिसाबले त्यो इन्सिडेन्ट भएको देखिन्छ, त्यसले गर्दा पूर्वसूचना दिने समय नै भएन । अब भइसकेपछाडि यस्तो भएको भए भन्ने कुरा त बेग्लै हो ।’

चिनियाँ पक्षले आफैंले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाइ छ । नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताए ।  चिनियाँ पक्षले पनि आफ्नै नागरिकलाई सूचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी आफूलाई दिएको उनले बताए ।

‘त्यो सायद त्यति धेरै समय त्यहाँ थिएन होला । त्यसले गर्दाखेरि त्यो तत्कालको पूर्वसूचना आएको होइन । सूचना पाईसकेपछि तलको तटीय क्षेत्रमा हाम्रै प्रहरीहरूले पनि बाढी आउँदैछ भाग्नुस् भनेर चाहीँ माइकिङ गर्दै हिंड्या हो । तर त्यहाँको तटीय क्षेत्रमा बस्ने मान्छेहरूले त्यो पत्याउँदै पत्याउनुभएन । बाढी त सधैँ आएको हो नि भनेर उहाँहरु भाग्नुभएन,’ उनले भने ।

बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ । घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भएपनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताए ।

‘त्यसैले ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन । तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त । त्यसबाट स्विप्ट गएर जम्मै एकैचोटि गरेको न हो,’ उनले भने ।

उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएपनि कतिपयले अटेर गरेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#भोटेकोशी
Compare →
Nagarik News
18h ago
सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।

#सूचना
Compare →

Related Stories

Science & Climate
Build #2611