Trending
Prev Story
Next Story

शाहरुख खानका ५ रोचक कुरा

Onlinekhabar •
November 02, 2026 • 09:01:06 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

शाहरुख खानका ५ रोचक कुरा

अनलाइनखबर २०८३ कात्तिक १६ गते १४:१२

सन् १९९७ मा ‘यस बोस’को छायांकनका क्रममा शाहरुखले मुम्बईको एउटा भव्य भवन देखेका थिए। त्यसबेला त्यसको नाम ‘भिल्ला भिएना’ थियो। उनलाई त्यही घर मन परेको थियो । संयोगवश, चार वर्षपछि सन् २००१ मा उनले त्यही भवन किने, जुन आज ‘मन्नत’का नामले चिनिन्छ ।

शाहरुख खानको अर्को रोचक पक्ष हो, महिला सहकर्मीसँग घुलमिल हुन सक्ने उनको सहज स्वभाव। धेरै अभिनेत्रीले उनीसँग काम गर्दा आफूलाई सहज र सुरक्षित महसुस हुने बताउँदै आएका छन् । उनी सहकलाकारको कुरा सुन्ने, सम्मान गर्ने र सेटमा रमाइलो वातावरण बनाउने कलाकारका रूपमा चिनिन्छन् ।

शाहरुखको अभिनय यात्रा बलिउडबाट सुरु भएको होइन । उनले आठ वर्षको उमेरमै रामायणमा बाँदरको भूमिका निर्वाह गरेका थिए । बाल्यकालदेखि नै अभिनयमा रुचि राख्ने उनी पछि थिएटरमा जोडिए । त्यसपछि टेलिभिजनका ‘फौजी’ र ‘सर्कस’मार्फत दर्शकमाझ चिनिए ।

सन् २०१५ मा शाहरुखले बेलायतको एडिनबरा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि उपाधि पाए । अभिनयसँगै परोपकारी र मानवीय कार्यमा पुर्‍याएको योगदानको सम्मानमा विश्वविद्यालयले उनलाई यो उपाधि दिएको थियो ।

शाहरुखले पत्नी गौरीसँग मिलेर सन् २००२ मा रेड चिलिज इन्टरटेनमेन्ट स्थापना गरे । फिल्म निर्माण र भिजुअल इफेक्ट्समा सक्रिय यो कम्पनीसँगै उनी आईपीएल टोली कोलकाता नाइट राइडर्सका सहमालिक पनि हुन् । यसरी उनको व्यावसायिक यात्रा फिल्मदेखि क्रिकेटसम्म फैलिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

सलमान खान र नेपाली कलाकार अनुप विक्रम शाहीसँग पर्दामा देखिँदै प्रशान्त तामाङ, निधनपछि रिलिज हुँदै उनको अन्तिम फिल्म

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको बहुप्रतीक्षित युद्धप्रधान फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’को ट्रेलर सार्वजनिक भएसँगै दिवंगत गायक तथा अभिनेता प्रशान्त तामाङ फेरि चर्च...

#खान
Compare →

Related Stories

World News
Build #2611