Trending
Prev Story
Next Story

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

Onlinekhabar •
November 10, 2026 • 08:00 AM
1
1 reads 0 reactions

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी …

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’

आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी हरेक दिन आफ्नो क्षेत्रका कुकुरलाई खाना खुवाउँछन् र तिनीहरूको रेखदेख गर्छन् । तर, अहिले तिहारको बेला आफूले खाना दिने गरेका सबै कुकुर भेटिन छाडेको उनी बताउँछन्। उनी भन्छन्, ‘पटकाबाट बच्न जंगलतिर गए वा कतै भागेका होलान् ।’

भगवती दानी क्षेत्रीले पनि पटकाका कारण धेरै सडक कुकुर विचलित भएको बताएकी छन् । उनी पनि लामो समयदेखि सडकका कुकुरलाई खाना खुवाउँदै आएकी छन्।

अन्य फिडर (सडकका कुकुरलाई खाना खुवाउने व्यक्ति)हरूले पनि आफ्नो क्षेत्रमा कुकुर भेटिन छाडेको बताइरहेका छन् । खाना दिन जाँदा कुकुर नभेटिएपछि खाना जस्ताको तस्तै घर फर्काउनुपरेको उनीहरूको भनाइ छ। सडकका कुकुर यतिबेला पटाकाको आवाजबाट बच्न सुरक्षित ठाउँ खोज्दै अन्यत्र जाने गरेका छन् ।

किनभने, पटाकाको आवाज उनीहरूका लागि अत्यन्तै पीडादायी हुन्छ। कुकुरको कान संवेदनशील हुने भएकाले चर्को आवाजले उनीहरूलाई निकै असर गर्छ । अत्यधिक चर्को आवाजले कानमा चोटसमेत पुर्‍याउन सक्छ। यही कारण तिहारमा पटका पड्काउन थालेपछि घरमा पालेका कुकुरसमेत लुक्ने ठाउँ खोज्दै खाट वा भ¥याङमुनि लुक्ने गर्छन् । कतिपय डरले भागेर अन्यत्रै पुग्छन् ।

यसपालिको तिहारमा आफ्नो कुकुर हराएको भन्दै धेरैले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । ‘लस्ट एन्ड फाउन्ड डग’ र ‘भ्वाइसलेस एनिमल अफ नेपाल’ जस्ता पेजहरू कुकुर खोजिदिन आग्रह गरिएका पोस्टले भरिएका छन् । यस्तै, कतिपय ठाउँमा नयाँ कुकुर भेटिएको भन्दै पनि प्रयोगकर्ताले पोस्ट गरिरहेका छन् ।

सरकारले प्रतिबन्ध लगाए पनि यसपालि पटका पड्काउने प्रवृत्ति झन् बढेको छ । विगतका वर्षभन्दा यसपालि धेरै पटका पड्किएको भन्दै कतिपयले सामाजिक सञ्जालमै गुनासो गरिरहेका छन् ।

अलिशन रोक्का लेख्छिन्, ‘बिहान कुकुर तिहार, साँझ कुकुरलाई आतंक । पटकाको आवाजले आत्तिएर भागेका र हराएका कुकुरहरूको खबर हामीले पाइरहेका छौँ । धेरै कुकुरले खाना छाडेका छन् भने कतिपय डरले काँपिरहेका छन् । कति लुकेर बसेका छन्। कति कुकुर अझै घर फर्कन पाएका छैनन् ।’

रोजिला तामाङले पनि कुकुरहरू लुकेको देखेर मन भारी भएको बताएकी छन् । उनी लेख्छिन्, ‘आफ्नो खुसी मनाउने क्रममा यी निर्दोष र अबोध प्राणीहरूको डरलाई एकपटक सम्झनुहोला । पटकाको आवाजले कति धेरै डराउँछन् यिनीहरू ।’

अभियन्ता सृष्टि सिंह श्रेष्ठले कुकुरको एउटा भिडियो पोस्ट गरेकी छन्। उक्त भिडियोमा एउटा कुकुर डरले काँपिरहेको देखिन्छ । उनले भिडियोसँगै लेखेकी छन्, ‘जुनेलीजस्ता अनगिन्ती कुकुर र अन्य धेरै पशुपन्छीहरू तपाईंहरूले पड्काउने पटकाका कारण पीडित भइरहेका छन्। यस्तो घृणित र दोहोरो व्यवहार नगरौँ ।’

पटका प्रयोग नगर्न छिमेकीहरूलाई आग्रह गर्न र पटका पड्काएको अवस्थामा प्रहरीलाई खबर गर्न उनले सुझाएकी छन् । उनी लेख्छिन्, ‘यो गैरकानुनी काम हो, यसमा सजाय हुन सक्छ । तर, कार्यान्वयन नभएसम्म कुनै पनि कानुनको अर्थ हुँदैन ।’

यता, अभियन्ता सुधा तिमल्सिना भने प्रहरीले कुनै कारबाही नगरेको बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो आसपासमा पटका पड्काएर आतंक नै मच्चाएको छ। प्रहरीलाई खबर गरेँ, तर उनीहरूले कुनै चासो देखाएनन् ।’

कुकुर तिहारको दिन प्रधानमन्त्री पत्नी सविना काफ्लेले एउटा विशेष कार्यक्रम आयोजना गरेकी थिइन् । उक्त कार्यक्रमको लक्ष्य कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्नु थियो । सोही सन्दर्भ जोड्दै कन्टेन्ट क्रिएटर सन्ध्या सुवेदी लेख्छिन्, ‘एकदमै राम्रो सुरुवात गर्नुभएछ । हजुरको श्रीमान् र उहाँका साथीहरूलाई एकपटक सम्झाइदिनुहोस् न, नेपालमा पटका आयात, बिक्री र पड्काउन प्रतिबन्धित छ भनेर। पटका पड्काउँदा जनावरहरूलाई गाह्रो हुन्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर
Compare →
Hamro Patro News
20h ago
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको ह...

#कुकुर
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#पटका
Compare →
Bizshala
5d ago
कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

कुकुर तिहार विशेष: पृथ्वीको कक्षदेखि अलास्काको हिउँसम्म कुकुरका ६ अनौठा कथा

काठमाण्डौ । आज कात्तिक २२ गते कुकुर तिहार। घरको आँगनदेखि टोलका गल्लीसम्म कुकुरलाई टीका लगाइदिने, सयपत्रीको माला...

#कुकुर
Compare →

Related Stories

World News
Build #2611