Trending
Prev Story
Next Story

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्प : इरानमा हमलाको सम्भावना न्यून छ

Onlinekhabar •
November 10, 2026 • 08:00 AM
1
1 reads 0 reactions

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको केही समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुने सम्भावना अत्यन्तै न्यून रहेको र अहिलेको अवस्थामा थप सैन्य प्रहार 'आवश्यक नरहेको' बताएका छन्। सोमबार ओभल अफिसमा …

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्प : इरानमा हमलाको सम्भावना न्यून छ

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको केही समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुने सम्भावना अत्यन्तै न्यून रहेको र अहिलेको अवस्थामा थप सैन्य प्रहार ‘आवश्यक नरहेको’ बताएका छन्।

सोमबार ओभल अफिसमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँगको उच्चस्तरीय भेटवार्तापछि ट्रम्पले इरानसँगको द्वन्द्व सैन्य रूपमा ‘प्रभावकारी रूपमा समाप्त’ (मिलिटारिली इफेक्टिभ्ली ओभर ) भएको दाबी गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि सकारात्मक वातावरण बनेको बताए।

ट्रम्पको अभिव्यक्ति र कतारी मध्यस्थता

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,’हामी यो द्वन्द्व अन्त्यतर्फ अगाडि बढिरहेको सकारात्मक गति (मोमेन्टम ) देखिरहेका छौँ। इरानसँग थप सैन्य कारबाही आवश्यक छ जस्तो मलाई लाग्दैन। इरान सैन्य रूपमा प्रभावकारी रूपमा समाप्त भइसकेको छ।’

कतारका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग वासिङ्टनमा साउदी, कतारी र ओमानको २ दिने विश्वास अभिवृद्धि प्रस्तावबारे सकारात्मक छलफल भएको जनाएका छन्।

ट्रम्पको अडान: ‘सेना तयारी अवस्थामा छ, तर म पूर्वाधार नष्ट गर्न चाहन्नँ’

ट्रम्पले युद्ध रोक्ने सङ्केत गरे पनि इरानसँग आणविक सम्झौता नभए सैन्य विकल्प अझै खुला रहने चेतावनी दिएका छन्।

अमेरिकाले मध्यपूर्वमा दुई वटा एयरक्राफ्ट क्यारियर तैनाथ राखेको र तेस्रो क्यारियर क्षेत्रतर्फ पठाइसकेको बताइएको छ। ट्रम्पले सेना ‘फुली लोडेड’ अवस्थामा रहेको दाबी गरे।

ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका ३८ वटा मुख्य पुल र ऊर्जा केन्द्रहरूलाई निशानामा राखेको छ, जसलाई एकै घण्टामा नष्ट गर्न सकिन्छ। तर, ती पूर्वाधार पुनर्निर्माण गर्न १० वर्षभन्दा बढी लाग्ने भएकाले आफू त्यसलाई नष्ट गर्न अनिच्छुक रहेको उनले बताए।

ट्रम्पका अनुसार लगातारको आक्रमण र नाकाबन्दीका कारण इरानसँग अब सामान्य स्तरको १० प्रतिशत मिसाइल र १५ प्रतिशत मात्रै ड्रोन बनाउने क्षमता बाँकी छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै इरानले अघि सारेको २ दिने शान्ति प्रस्ताव अझै पनि टेबुलमा रहेको स्पष्ट पारेका छन्।

यद्यपि, इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाई र विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानका नाकाबन्दी हटाउने र प्रतिबन्ध फुकाउने सर्तहरू पूरा नगरेसम्म हर्मुज जलमार्ग नखोलिने र पूर्ण वार्ता नहुने दोहोर्‍याएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्तहरूलाई ‘आक्रोशजनक र विवेकहीन’ भनेका छन् । तर कूटनीतिक बाटो खुला राखिएको बताएका छन्। मध्यावधि निर्वाचनको नतिजा र अमेरिकी जनतामाझ इरान युद्धको बढ्दो असन्तुष्टिका बीच ट्रम्प प्रशासनले थप सैन्य कारबाहीको साटो कूटनीतिक सम्झौता मार्फत सङ्कट समाधान गर्ने सङ्केत दिएको छ। एजेन्सीहरूको सहयोगमा

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
भान्सलाई वार्ताबाट हटाउँदै ट्रम्प, इरानसँग सम्झौताको सम्भावना के होला ?

भान्सलाई वार्ताबाट हटाउँदै ट्रम्प, इरानसँग सम्झौताको सम्भावना के होला ?

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्झौताका लागि अमेरिकाले अब कुनै पहल गर्न आवश्यक नरहेको बताएका छन् । उनले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको वार्ताभन्दा...

#ट्रम्प #बताए #इरान
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #इरान
Compare →
Nagarik News
15h ago
ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्।

#ट्रम्प #इरान
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #इरान
Compare →
Ekantipur
3h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#सम्भावना
Compare →

Related Stories

Politics & Governance
Build #2611