Trending
Prev Story
Next Story

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

Ekantipur •
November 10, 2026 • 07:01 AM
1
1 reads 0 reactions

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

बुटवल — रूपन्देहीका विभिन्न स्थानमा तिहारको पटका पड्काउने ७ जनालाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पटका पड्काउने क्रममा एक जना घाइते भएका छन् ।

रूपन्देही प्रहरीका अनुसार सोमबार बेलुकी पौने ७ बजे कञ्चन गाउँपालिका-१ स्थित हात्तीबजार चोकमा लालीगुँरास युवा क्लबले भैलो खेलिरहेको अवस्थामा पटका पड्काउँदा एक जना घाइते भएका हुन् ।

घटनामा संलग्न आरोपमा कपिलवस्तु बाणगंगा नगरपालिका-२ बस्ने कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। घाइतेको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटका पड्काई आतिशबाजी गरिरहेको अवस्थामा अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
चितवनमा पटका पड्काउँदा बालक घाइते

चितवनमा पटका पड्काउँदा बालक घाइते

२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका …

#पटका #घाइते #पड्काउँदा
Compare →
Hamro Patro News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार...

#पटका #घाइते #पड्काउँदा
Compare →
Nagarik News
16h ago
कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

कारको ठक्करबाट पैदलयात्रीको मृ’त्यु, दुई जना घाइते

बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले  पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

#घाइते
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#पटका #पड्काउँदा
Compare →

Related Stories

National (Nepal)
Build #2612