Trending
Prev Story
Next Story

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

Bizshala •
October 29, 2026 • 09:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू...

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू नवीकरण गर्न सक्ने भएका छन्।

नयाँ सुविधाअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा मोबाइल एपबाटै नवीकरण गर्न सक्नेछन्।

यस सुविधाले ग्राहकलाई सेवा नवीकरणका लागि छुट्टै काउन्टर वा भुक्तानी केन्द्रमा जानुपर्ने झन्झट कम गर्दै घरमै बसेर छिटो र सहज रूपमा सेवा निरन्तरता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।

डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत सेवा नवीकरणको सुविधा विस्तार गर्दै आएको छ।

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाहेक अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यमबाट समेत डिसहोमका सेवाहरू नवीकरण गर्न सकिनेछ।

ग्राहकलाई आफ्नो आवश्यकता र सुविधाअनुसार उपयुक्त भुक्तानी माध्यम छनोट गर्न सहज बनाउने गरी डिजिटल सेवा विस्तारलाई निरन्तरता दिइएको डिसहोमले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
बुटवलमा पहिलोपटक १८ डी प्लस मुभी र भुलभुलैया संचालनमा

बुटवलमा पहिलोपटक १८ डी प्लस मुभी र भुलभुलैया संचालनमा

रूपन्देही । बुटवलमा चार जना युवा व्यवसायीको संयुक्त लगानीमा नयाँ प्रविधिमा आधारित मनोरञ्जन केन्द्र सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्सको पुरानै स्थानमा नेक्स्टजेन एडभेन्चर इन्...

#प्लस
Compare →
Onlinekhabar
1w ago
स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक आबद्धता र नवीकरण गर्न सकिने

स्थानीय तहबाटै स्वास्थ्य बीमामा सामूहिक आबद्धता र नवीकरण गर्न सकिने

१८ कात्तिक, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन …

#नवीकरण
Compare →

Related Stories

Business & Economy
Build #2611