म यो आलेख मेरो आफ्नै अनुभवबाट सुरु गर्न चाहन्छु । हालसालै परिवारसहित नेपाल फर्कंदा इन्छन विमानस्थलमा चाइना इस्टर्न एयरलाइन्सको काउन्टरले हामीलाई कुनमिङसम्मको मात्रै बोर्डिङ पास दियो । काठमाडौं जाने उडानको पास कुनमिङ पुगेपछि लिन भनियो ।
अर्को उडानका लागि छुट्याइएको २ घण्टा ५५ मिनेटभित्र परिवारका सबै सदस्यको फाराम भर्ने, चीन प्रवेशका लागि २४ घण्टे अस्थायी अनुमति लिने र अध्यागमन पार गरेर ट्रान्जिट क्षेत्रबाहिरको काउन्टरमा पुग्ने काम गर्नुपर्यो । त्यहाँ काठमाडौंको बोर्डिङ पास लिएपछि फेरि प्रस्थान प्रक्रिया र सुरक्षा जाँच पूरा गर्नुपर्ने भयो । बालबालिकासँग यी सबै प्रक्रिया पूरा गर्नु निकै तनावपूर्ण थियो । हाम्रो सामान भने इन्छनबाटै सिधै काठमाडौं पठाइएको थियो ।
Read full story at source ( clickmandu.com )